दाङमा बलात्कार गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ


फागुन ३, दाङ । दाङमा बलात्कारको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय फुलवारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई बलात्कारको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले बिहिबार राति एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी हवल्दार चन्दले प्रहरी हुँ भन्दै ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको उजुरी परेको छ । चन्दको स्थायी घर कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ रहेको बताइएको छ ।

२०७५ फाल्गुन ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको