घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकले दिए राजीनामा


फागुन ३, काठमाडौँ । घुसकाण्डमा मुछिएको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिए छन्।

अख्तियारका आयुक्त राजनारायण पाठकले राष्ट्रपति समक्ष राजिनामा दिएका हुन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।
राजीनामा बोकेर उनी आफैँ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । उनको राजीनामा दर्ता नं. ११४७ रहेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका थिए पाठकविरुद्ध शुक्रबार महाअभियोग लगाउने नेकपाको तयारी थियो ।

पाठकलाई महाअभियाेग लगाउन नेकपाका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएका थिए । राजीनामा दिएसँगै पाठक महाअभियोगबाट जोगिएका छन् ।

२०७५ फाल्गुन ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको