दाङमा चट्याङबाट आगलागी हुँदा एक घाइते, लाखौंको क्षति


माघ ३, दाङ । दाङ गढवाका बालाराम बिकको घरमा चट्याङले हान्दा आगलागी भएको छ ।

आगलागीबाट पाँच लाख बरावरको क्षति भएको छ । शुक्रबार बिहान तीन बजे परेको चट्याङबाट निस्कएको आगोमा परी विककी श्रीमती मोती बिक घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

आगोले जलेर घाईते भईकी मोतीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगलागीवाट घरमा रहेको महत्वपूर्ण कागजात, घरमा रहेको काठ दाउरा जलेर नष्ट भएको घर्तीले जानकारी दिए ।

२०७५ फाल्गुन ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको