१८ किलो सुन प्रहरी जवानको ससुरालीबाट बरामद


फागुन ३, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो ।

बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाको घरवाट सुनका १०८ वटा सिक्का फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताए। सुन सँगै दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गंगालालको घरमा खानतलासि गर्दा उक्त सुन भेट्टिएको हो ।

सुन तस्करीमा संग्लन रहेको भन्दै प्रहरी र सीआईबीको टोलीले प्रहरी जवान सुरज तिरुवा र उनका भाई लक्ष्मण तिरुवा पक्राउ गरेको छ ।

सुरज तिरुवा र लक्ष्मण तिरुवाले आफुलाई थाहा नै नदिई घरमा समान राखेको र उक्त समान के हो भन्ने आफुलाई थाहा नभएको गंगालालको तर्क छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

२०७५ फाल्गुन ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको