परिवर्तनका लागि संचारमाध्यम क्रान्ति ल्याउछ -रत्नेश्वरलाल कायस्थ


ब्रह्मानन्द ठाकुर/माघ १, जनकपुरधाम । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अहिलेको अवस्थामा सँचारमाध्ययम एउटा शसक्त माध्ययम भएकोले यसबाट देशको परिवर्तनमा क्रान्ति ल्याउन सकिने बताउनुभएको छ ।

अप्पन टिभीको चौथो बार्षिकोत्सवको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा उहाँले मुलुक सँघियतामा जान सँचारमाध्ययमले अहम भुमिका खेलेको स्पष्ट पार्नुभएको छ ।

समाज तथा देशमा देखिने कुरीतिहरुलाई चिर्दै समाजको उत्थानका लागि सँचार माध्ययमले निर्वाह गर्दै आएको भुमिका सराहनिय रहेको भन्दै प्रशँसा गर्नुभयो । साथै उहाँले अप्पन टिभीले स्थानिय भाषालाई सँरक्षण तथा सँम्बद्र्धनका लागि गरेका प्रयासहरुको पनि प्रशँसा गर्नुभएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्री, टिभीका सँचालक सदस्य, अध्यक्ष सहितको उपस्थिति रहेको थियो ।

२०७५ माघ १,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको