माघेसंक्रान्ति मनाउदै रोल्पालीहरु


मनिषा राई/माघ १, रोल्पा । रोल्पाको माडी गाउपालिका रोल्पा लगायत नेपाल भरमा रहेका आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरूले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाएका छन् । माघीमा आफूभन्दा ठूलासँग आशीर्वाद लिई सानालाई आशीर्वाद दिने गरिन्छ भने बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति समेत रहेको छ ।

आदीवासी जनजाति पत्रकार महासंघका केन्द्रिय सल्लाहकार एवं अध्येता खेम बुढामगरले माघे संक्रान्तीलाई मगर जातिले विशेषगरी चेलीलाई पुज्ने पर्व रहेको बताउनुभयो । उहाले भन्नुभयो ‘‘विहानै उठेर छोरी चेलीले नुहाईधुवाई गरी दही चामलको टिका तयार गर्छन् । जौंको हरियो जमरा तयार गर्छन् । घरको मुल खाँबामा गाईको गोबर टाँसेर दही चामलको टीका लगाई दिन्छन् । हरियो जमरा लगाईदिन्छन् । त्यसपछि चुल्होको घेरामा पनि गोबर राखेर दही चामल र हरियो जमराले पुजा गरिसकेपछि दाजुभाईलाई टिका र जमरा लगाईदिन्छन् । अनि दाजुभाईले खिचडी र दक्षिणा दिने चलन छ ।’’

खिचडीमा तरुल, दाल, फलफुल, फर्सी, पिडालु, रोती लगायतका मिठामिठा परिकार हुने बताउदै उहाले घरमै भएका चेलीलाई खिचडी खुवाएपछि दाजुभाईले टाढाटाढा रहेका दिदीवहिनीलाई खिचडी पु¥याउन जाने समेत बताउनुभयो । साथै विवाहित चेली माईत जाने आउने क्रम समेत रहेको माघे संक्रान्तिका अवसरमा तारो हान्ने, खिचडी माग्ने चलन रहेको तर त्यो अहिले हराउँदै गएको समेत बताउनुभयो । उहाले समग्रमा माघे संक्रान्ति दिदीबहिनी, दाजुभाई, परिवार र इष्टमित्रको मिलनको पर्व रहेको हुदा यसले साँस्कृतिक सद्भाव, हिष्णता र हार्दिकता कायम गर्ने समेत बताउनुभयो ।

माघे सङ्क्रान्ति पर्व पनि यो समुदायमा एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरिन्छ । प्राचीन कालमा मगरहरूको कृषि र सिकारमा आधारित जीवनशैलीलाई सङ्क्रान्तिले आत्मसात गरेको मगर जानकारहरु बताउछन् । साथै यस्ता पर्वले भौगोलिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान दिने समेत विश्वास गरिन्छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेका अनुसार विविध भाषाभाषी, जातजाती र संस्कृती भएको नेपाललाई एकताको सूत्रमा वाध्ने काम नेपाली मौलिक चाड पर्वले गरेका छन । नेपालका अधिकांश चाडपर्वहरु सवै नेपालीले मनाउने गर्दछन । जात वा धर्म विशेषका आधारमा मनाईने चाडपर्वको संख्या नेपालमा निकै कम छन ।

माघी दशै तिहार पछिको ठूलो चाड भएको बताउदै उहा भन्नुहुन्छ ‘‘माघे सक्रान्तिमा मनाईने यो पर्व जनजाती र गैर जनजाती सवैले मान्ने गर्दछन । हिन्दु, वौद्ध र अन्य धर्मात्मालम्वीले समेत यो पर्व मान्दै आएको देखिन्छ । यस कारण पनि माघी पर्व नेपालीको साझा सांस्कृतिक पर्व हो । ’’

देखासिकीमा चाडपर्व मनाउन थालिए संगै पछिल्ला दिनमा यसको मौलिकता समेत हराउदै जान थालेको समेत उहाले बताउनुभयो । माघे सक्रान्तिमा तरुल पिडालु, घीउ खिचडी खाने प्रचलन हराउदै जान थालेको र दीदि वहिनीहरुले कपडाको पुतली वनाई जलाउने चलन पनि हराउदै जान थालेको प्रति चिन्ता व्यक्त गर्दे यस्ता चलनलाई निरन्तरता दिन सके माघी पर्वको मौलिकता वच्न सक्नेमा उहाले जोड दिनुभयो । परसंस्कृती ग्रहणले नेपाली मौलिक कला संस्कृतीको जगेर्ना गर्न हम्मे हम्मे परिरहेको बताउदै उहाले युवा पुस्तालाई मौलिक कला संस्कृतीको संरक्षणका लागी जिम्मेवार वनाउन अघिल्लो पुस्ताले समेत ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

२०७५ माघ १,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको