क्यानभास युवा क्लब त्रिवेणी रोल्पाले ‘माघी मिलन’ यसरि मनायो


माघ १, त्रिबेणि रोल्पा । क्यानभास युवा क्लब त्रिवेणी ४ छेप रोल्पाले ‘माघी मिलन’ कार्यक्रमको आयोजनागरि माघेसंक्रान्ति मनाएको छ । मंगलबार (आज) क्लवको आयोजनामा भएको माघी मिलन कार्यक्रममा एकल नृत्य र एकल लोकगित प्रतियोगिता भएको थियो ।

क्लवका अध्यक्ष नवराज वलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का सदस्य भद्रकली राना रहेका थिए भने, कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्ला सदस्य लोकेन्द्र घर्ती थिए । अतिथिहरुमा वडा सचिव जित बहादुर राना, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारका प्रेस सल्लाहकार वीर बहादुर डाँगी, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय सदस्य वकिल पुन, रानिवजु कृषि सहकारीका अध्यक्ष नगेन्द्र घर्ती, सल्लाहकार देउभान वलि, दिपक राना, सल्लाहकार टंक राना, राजेन्द्र वलि रहेका थिए ।

क्लवका सल्लाहकार दल बहादुर रानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमलाई धिरेन्द्र वलिले संचलान गरेका थिए । मिलन कार्यक्रममा फुलवारि महिला समुह र नेर्पा जुगारबाट क्वालिटि ऐजुकेसनका दुर्योधन रानाको सहभागीता रहेको थियो ।

कार्यक्रममा एकल नृत्य र लोक गित प्रतियोगिताको आयोजना पनि गरिएको थियो । एकल नृत्य प्रतियोगिता ११ जना र लोक गित प्रतियोगितामा ७ जनाले भागलिएको क्लवका अध्यक्ष नवराज वलीले जानकारी दिए ।

२०७५ माघ १,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको