कांग्रेस नेता महतले भने ‘वाइडबडीमा देउवा दोषी देखिए कारवाही हुनुपर्छ’


माघ १, जाजरकोट । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वाइडबडी जहाज खरीदमा भएको अनियमिततामा आफ्ना पार्टीका अध्यक्ष शेरवहादुर देउवा दोषी देखिए पनि कारवाहीको हुनुपर्ने बताएका छन् । उनले भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि उम्कन नहुने बताए ।

नेपाल प्रेस युनियन पश्चिम रुकुमले मंगलबार चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा नेता महतले यस्तो प्रतिकृया दिएका हुन् । उनले सरकार नै दोषी उम्काउने कोसिसमा लागेको दावी गरेका छन् ।

वाइडबडी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि नाम जोडिएको विषयमा पत्रकारले गरेको प्रश्नमा उनले देउवा दोषी देखिए पनि कारवाही हुनुपर्ने बताए । उनले भने, छानवीन पछिमात्र यथार्थ कुरा बाहिर आउला। आरोप सत्य हुन्छ भन्ने छैन, दोषी ठहरिए उहाँमाथि पनि कारवाही हुन्छ।

त्यसअघि सोमबार धनगढीमा भएको कार्यक्रममा देउवाले वाइडबडी प्रकरणमा आफूलाई नियोजित रुपमा बदनाम गर्न खोजिएको गुनासो गरेका थिए। संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज खरिदको अनुसन्धान गर्न गठन गरेको उपसमितिको प्रतिवेदनले दोषी ठहर्याएकाहरूलाई उम्काउने कोसिस (सरकारबाट) भएको दावी गरे ।

‘संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको छानबिन उपसमितिले दोषी ठहर्याईसकेपछि सरकारले पुनः अर्को छानबिन समिति गठन गरेर दोषी उम्काउन खोजेको छ। यसले संसदीय सर्वोच्चता र लोकतन्त्रकै खिल्ली उडाएको छ। अनियमिततामा संलग्नलाई कारवाही हुनुपर्छ।’

२०७५ माघ १,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको