बङ्गलाचुलीमा आपतकालिन जनस्वास्थ्य योजना निर्माण


मंसिर २८, दाङ । दाङ जिल्लाकाे बङ्गलाचुली गाँउपालिका स्तरिय स्वास्थ्य आपतालिन पूर्व तयारि तथा प्रतिकार्य याेजना तर्जुमा कार्यशाला दुई दिने गाेष्ठि सम्पन्न भएकाे छ ।

गाँउपालिका आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखाकाे आयाेजना तथा नेपाल रेडक्रस साेसाइटी दाङ जिल्ला शाखाकाे स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य परियाेजनाकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा कार्यशाला गाेष्ठि संचालनमा आएकाे हाे ।

मंसिर २७ र २८ गते दुइ दिनसम्म संचालित गतिविधिबाट गाउपालिकाकाे आकस्मिक स्वास्थ्य याेजना निर्माण गरिएकाे छ । गाँउपालिका उपाध्यक्ष, कर्मचारि, वडा अध्यक्षहरु, सबै स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, गाउपालिका सबै बिषयगत शाखाहरु, जनस्वास्थ्य आपतकालिन ब्यवस्थापन उप समिति, द्रुत प्रतिकार्य टाेलि, रेडक्रकर्मिहरु लगाएतकाे उपस्थिति बाट तयार गरिएकाे याेजना पालिकाकाे मार्गदर्शन हुने सहभागिले जनाएका छन ।

दुइदिनकाे छलफलबाट तयार गरिएकाे पालिकाकाे अापतकालिन पूर्व तयारि तथा प्रतिकार्य याेजना निर्माण गर्न अपरिहार्य रहेकाे र यसकाे कार्यान्वयनले गाँउलिकालाइ स्वास्थ्यकाे क्षेत्रमा हुन सक्ने बिपदलाइ कम गर्ने गाँउपालिका उपाध्यक्ष यमुना घर्तिले बताए ।

२८ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको