तिलगंगा आँखा अस्पताललाई राजनितीबाट टाढा राख्दा सफल भयौ: सन्दुक रूइत


रमाकान्त बास्तोला/मङ्सिर २८, पोखरा । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रूइतले तिलगंगा आँखा अस्पताल राजनितीबाट टाढा राखेपछि सफल भएको बताएका छन् ।

नेपाल लिटेरेचर फेस्टिबल २०१९ पोखराको लेकसाइड भएको “दृष्टिदान” शिर्षकको शनिबार भएको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले संस्था चलाउन धेरै चुनौती र अवसरको सामना गर्नुपर्ने बताउदै तिलगंगा आँखा अस्पताल खोल्दा आफुले पनि त्यसको सामना गरेको बताए । डा. रोईतले भने -मलाई के लाग्छ भने सबैभन्दा ठूलो कुरा प्रतिबद्धता र इमान्दारिता हो । त्यसपछि राम्रो मान्छेलाई छनोट गरेर समूह विकासको निम्ति क्षमता हुनुपर्छ ।, समूहसँग बसेर निर्णय गर्ने क्षमता हुनुपर्छ ।, नेपालको सन्दर्भमा हाम्रो संस्था राजनीतिबाट टाढा बस्यो। कसैले मलाई उपलब्धिबारे सोध्यो भने मेरो जवाफ हुनेछ, ‘हामीले तिलगंगालाई अहिलेसम्म राजनीतिबाट धेरै टाढा राख्न सक्यौं।,’

रुइतका अनुसार स्वास्थ्यमा धनीलाई एउटा र गरिबलाई अर्को सुविधा हुँदैन। अहिले राज्यले सञ्चालन गरेको स्वास्थ्य संस्थाहरुमा केही न केही समस्या भएर गुणस्तर कम भएको छ। यो सबै समस्याले गर्दा भ्रष्टाचार भएको र बजारमा स्वास्थ्य संस्थाहरु पनि च्याउजस्तै उम्रिएको उनको तर्क थियो ।

हालसम्म १ लाख २५ हजार मोतिबिन्दुको सफल सल्यक्रिया उपचार गरिसकेका रुईत नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत उत्तिकै ख्याती कमाई सकेका छन । आखाको उपचारको लागि बाहिरी मुलुकका हजारौ मानिसहरु समेत तिलगंगा आँखा अस्पतालमा आउने उनले बताए ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछाने बिच भएको बहसमा उनले आफुले गरेका काम, बाधा र भोगाईहरुको विश्लेषण गरेका थिए । नेपालमा धेरै मोतिबिन्दुका पिडित भएका कारण अझै यहि क्षेत्रमा काम गरिरहने डा. रुईतले प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

२८ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको