निवासमै भेट्न गएका देउवालाई पौडेलले दिए यस्तो जवाफ


मङ्सिर २८, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नसक्ने बताएका छन् ।

शनिवार विहान आफ्नै निवास बोहोराटारमा भेट्न आएका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय महत्वपूर्ण नभएको बताएका हुन् ।

नेता पौडेललाई उदृत गर्दै नेता निधिले बताए अनुसार कार्यतालिका आफ्नो प्रमुख एजेण्डा रहेको भेटमा पौडेलले बताएका थिए । जवाफमा देउवाले नेता पौडेललाई विभिन्न विभागहरुको गठनमा सहयोग गर्न आग्रह गरेका थिए भने आफूले महाधिवेनको कार्यतालिका ल्याउदिन नभनेकोले समायोजनको काम सकिएपछि आउने बताए ।

२०७६ मंसिर २८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको