प्रदेशसभा सदस्य भण्डारीले कुरा फेरिन्, भनिन्- संसदमा यौ’नहिं’सा भएकै छैन


मङ्सिर २८, काठमाडौँ । गण्डकी प्रदेशसभाकी सदस्य पुष्पा केसी भण्डारीले समाजका विभिन्न क्षेत्रमा यौ’नहिं’साका घटना हुने गरे तापनि संसद्‌भित्र आफूले यौ’न दु’र्व्यवहा’रका घटना भोग्नु नपरेको स्पष्ट पारेकी छन् ।

भण्डारीले मंसिर २३ गते सञ्चार माध्यमहरूमा छापिएको ‘सं’सद्‌भित्रै यौ’नहिं’सा भयो’ शीर्षक समाचारप्रति प्रतिक्रिया जनाउँदै यस्तो धारणा राखेकी हुन् ।

आफूले यौ’नहिं’साका आम प्रवृत्तिबारे उल्लेख गरे तापनि संसद् र सांसद भन्ने शब्दचाहिँ कतै प्रयोग नगरेको उनको दाबी छ । ‘हामीले अनुभव गरेका छौं (समाजमा) यौ’नहिं’सा छ । एकदम हिं’सा छ । हामीसँग बोल्दाखेरी मानिसहरूले डबल मिनिङ आउने शब्दहरू बोल्छन् । हामीसँग डिफरेन्ट फिलिङ दिने गरी हात मिलाउँछन्, छुन आउँछन् । त्यसलाई कसरी ग्रहण गर्ने ?’ प्रदेशसभा सदस्य भण्डारीले मंसिर २२ गते मिडिया हाउसद्वारा पोखरामा आयोजित एक कार्यक्रममा भनेकी थिइन्, ‘हामीसँग यस्तो व्यवहार हुन्छ भने यो हिं’सा होइन ? हामीले त्यस्तो फिल गर्ने तरिकाले मान्छेले डिल गर्दछ भने त्यो हिं’सा होइन ?’

गण्डकी प्रदेशसभामा यौ’नहिं’साका घटना भएको भन्ने महिला सांसदहरूको भनाइ सार्वजनिक भएपछि व्यापक प्रतिक्रिया उत्पन्न भयो । यही सन्दर्भमा भण्डारीले समाजमा यौ’नहिं’सा भए पनि संसद्भित्र व्यक्तिगत रूपमा आफूले त्यस्तो घटनाको सामना गर्नु नपरेको बताएकी हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

२८ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको