गरिमा विकास बैंकको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न


मङ्सिर २८, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको तेह्रौं बार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न भएको साधारणसभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पूँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको छ ।

हाल २ अर्ब ७८ करोड ८३ लाख ६८हजार रुपैंयाचुक्ता पूँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित १६.१५प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार पुगेको छ ।

साधारणसभाको लागि २०७६ मंसिर १३ गतेदेखि शेयरधनीदर्ता पुस्तिका बन्द रहेकोमा २०७६ मंसिर १२ गतेसम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन ।

२८ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको