फेसबुकले लन्च गर्‍यो ‘फेसबुक पे’


कात्तिक २८, वासिङ्टन । फेसबुकले ‘फेसबुक पे’ फिचर लन्च गरेको छ । फेसबुकले आफ्ना एप्सहरु वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट भुक्तानी गर्न सकिने फिचर फेसबुक पे सार्वजनिक गरेको हो।

अमेरिकामा यसै हप्तादेखि यस फिचर कार्यान्वयनमा आउनेछन्। आफ्नो डेबिट र क्रेडिट कार्ड फेसबुक अकाउन्टमा जोडेर यसबाट अब टिकट बुकिङ, पैसा ट्रान्सफर, सामाग्रीहरु अनलाईन खरिद गर्न सकिनेछ।

आगामी दिनहरुमा अन्य देशहरुमा पनि यो फिचर प्रदान गरिनेछ। एजेन्सी

२८ कार्तिक २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको