आज पनि घट्यो सुनको मूल्य


असोज २७, काठमाडौँ । सुनको मूल्य घट्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७० हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार एक सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक रुपैयाँले घटेर ६९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य स्थिर रहेर आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

२७ आश्विन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको