जन्मदिनको उपलक्ष्यमा अक्षयकोषमा रकम सहयोग


राम प्रसाद ढुंगेल/भदौ २८, झापा । झापाको बुद्धशान्ति-३ स्थायी घर भएर हाल मलेसिया कार्यरत जनमराज शर्मा ढकाल र दकममा रहेकी आमा जुनु शर्मा ढकालले आफ्नो छोराको जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गरेका छन् ।

२०७२ सालमा जन्मिएका र भदौ २८ पाँचौ जन्मदिन मनाउन लागेका आफ्ना छोरा आयुसराज शर्मा ढकालको नाममा अनावश्यक खर्च नगरी असहाय बालबालिकाहरुको शिक्षाको लागि ५ हजार १ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्ष युएईमा बसेका जनमराजले झापाली समाज युएईको गतिविधिलाई मन पराएर असहाय बालबालिकाहरुमा समर्पित अक्षयकोषमा उक्त रकम जम्मा गरेका हुन् ।

आफ्नो छोराको जन्मदिनको अवसरमा उक्त रकम जम्मा गर्दा असहाय बालबालिकालाई राहत पाउने विस्वास रहेको दाता जनमराजले लिएका छन् ।

जन्मदिनको अवसरमा उदाहरणीय र अनुकरणीय काम गरेकोमा धन्यवाद दिदै शर्मा परिवारलाई झापाली समाज युएई, नेपाल सम्पर्क समितिका संयोजक जगत लुइँटेलले शर्मा परिवारले झै अन्यले पनि सामाजिक हितका लागि सानै पनि प्रयास गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

जन्मदिनको उत्सव मनाउने आआफ्नै रहर, शैली र योजना हुन्छन् । अस्ठचिरञ्जीवीको पुजा लाउनेदेखि केक काटेर होटलमा पार्टी पनि आयोजना गरेर जन्मदिन मनाइन्छ । जन्मदिन कसरी मनाउन भन्ने हरेकको आआफ्नो रुचि, रहर र अवस्थाको कुरा हुन्छ । जसले जसरी मनाए पनि जन्मदिनलाई अलिकति भए पनि आफुभन्दा कमजोर अवस्थामा रहेकाहरुप्रती समर्पित गर्न सके त्यसले समुदायमा सकारात्मक सन्देश जाने र त्यसको दरिलो उदाहरण शर्मा परिवारको सहयोग भएको झापाली समाज युएईका परिकल्पनाकार तथा प्रवक्ता रामप्रसाद ढुंगेलले बताएका छन् ।

शर्मा परिवारलाई उदाहरणीय र अनुकरणीय काम गरेकोमा अक्षय कोष संकलन समितिका संयोजक पारस लामाले आभार व्यक्त गरेका छन् ।
यही अभियानमा साउदी अरबमा कार्यरत झापा बुधबारेका टीकाराम कटेलले आफ्नो जन्मदिनको अवसर पारेर आफू र आफ्ना आमाबुबाको नाममा २० हजार रुपैयाँ सहयोग गरेको समाचार विभिन्न अनलाइनमा प्रकाशित भएपछि त्यसैको प्रभाव परेर आफ्नो छोराको जन्मदिनमा सोही कोषमा रकम जम्मा गर्ने निर्णय गरेको शर्मा परिवारले जनाएको छ ।

जन्मदिनको अवसरमै झापा गरामनीका प्रदिपकुमार र मुना संग्रौलाका १३ वर्सिय छोरा प्रमुन संग्रौला, गरामनीकै कमला खडकाका छोरा कृतन क्षेत्री बस्नेतले पनि ५/५ हजार जम्मा गरिसकेका छन् ।

यही अभियानमा आफ्ना स्वर्गीय बुबाआमाको नाममा पनि मलेसियाबाट इन्द्रकुमार श्रेष्ठ, युएईबाट सुशीला राउतले पनि ५/५ हजार र दमक माइती भएकी निजगढ बाराकी पुजा भेट्वालले १७ हजार आफ्नी आमाको नाममा रकम सहयोग गरेका छन् ।

यस अभियानको महत्त्वलाई बुझेर झापाली समाज युएईका पुर्व केन्द्रीय सदस्य बिकास आचार्यले पनि क्यानडाबाट १० हजार ५० रुपैयाँ जम्मा गरिसकेका छन् ।

सबै दाताहरूको अभिलेखिकरण गरेर आगामी दशै र तिहारको बिचको समयमा झापाबाट उक्त कोष स्थापना भएको घोषणा गर्ने कार्यक्रम रहेको झापाली समाजले बताएको छ ।

२८ भाद्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको