भदौ २८, युएई । रास्ट्रको लागि नि:शुल्क प्राथमिक उपचार तालिम आगामी असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका निम्न १२ जिल्लामा हुन लागेको तालिमको तयारी तीव्र गतिमा हुँदैछ ।
मानव जिवनमा अति उपयोगी सिद्ध यो तालिम युएईमा कार्यरत व्यावसायी चितवनका ओमप्रसाद उप्रेतीले नेपालका सबै जिल्लाहरुमा नि:शुल्क आयोजना गर्दै आएका छन् । हालसम्म तीन चरण गरेर २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेका डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशक समेत रहेका यो अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले तालिममा भाग लिनका लागि सम्पर्क गर्न इच्छुक सबैलाई अनुरोध गरेका छन् ।
आगामी असोज ५ गते आइतबार दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको कार्यलयमा यो तालिमको शुभारम्भ हुन लागेको
अभियान सहयोगी दामोदर सिंहले बताएका छन् ।
दोश्रो दिन असोज ६ गते, सोमबारमा बैतडी सोही तालिम आयोजना गरिएको छ ।
अभियानको तेस्रो दिन असोज ७ गते, मंगलबार बझाङ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना हुनेछ ।
चौथो चरणको चौथो दिन असोज ८ गते, बुधबार डडेल्धुरा जिल्लामा सोही तालिम आयोजना गर्ने योजना रहेकोे छ ।
अभियानको पाचौ दिन असोज ९ गते, बिहिवार डाेटीको पायक पर्ने सभाहलमा तालिम संचालन गर्ने
सम्पर्क ब्याक्ति कर्ण बोहोराले जानकारी दिएका छन् ।
यसैगरी, असोज १० गते, शुक्रबार अछामको एक केन्दमा तालिम संचालनको तयारी तीव्र पारिएको
सम्पर्क ब्याक्ति भवानी जोशीले बताएका छन् ।
अभियानको सातौ दिन असोज ११ गते, शनिबार बाजुराको एक उपयुक्त स्थानमा तालिम संचालन गरिने सम्पर्क ब्याक्ति उमेश शाही
हिक्मत थापा र महेश कार्कीले जानकारी दिएका छन् ।
यही तालिम असोज १३ गते, सोमबार कंचनपुर जिल्लामा गरिने सम्पर्क ब्याक्ति पदम बिस्ट र कर्ण चन्दले जनाएका छन् ।
असोज १४ गते, मंगलबार, कैलाली जिल्लाको सामुदायिक प्रहरी भवन, हसनपुर, पिपल चौतारा, धनगढीमा यो तालिम आयोजनाको तयारी भएको सम्पर्क ब्याक्ति धनीराम भण्डारी र चेतन थापाले जनाएका छन् ।
असोज १५ गते, बुधबार बर्दियामा यो तालिम आयोजना गरिनेछ भने असोज १६ गते, बिहिवार बाँके जिल्लाको स्वस्तिक होटल, न्युरोड, नेपालगन्जमा नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना हुने तयारी तीव्र पारिएको सम्पर्क ब्याक्ति राहुल कौशलले जानकारी दिएका छन् ।
चौथो चरणको समापन कार्यक्रम असोज १७ गते, शुक्रबार दाङ जिल्लामा आयोजना गर्ने तयारी गरिएको छ । लमही उध्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिने तालिममा सहभागी हुन १८ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई सम्पर्क व्यक्ती शान्त गिरी र ताराप्रसाद खनालले बताएका छन् ।
समापन कार्यक्रमको दिन भव्य रुपले मनाउन दाङ-देउखुरी सेवा समाज युएईले समन्वय गरिरहेको दाङ-देउखुरी सेवा समाज युएईका अध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।
नि:शुल्क प्राथमिक उपचार तालिम अभियान-युएईले उक्त तालिममा १६ वटा रोगहरु वा विपत्तिमा के कसरी व्याक्तिलाई बचाएर अस्पतालसम्म पुर्याउने भन्ने बारेमा अत्याधुनिक तरिकाले व्यवहारिक तालिम दिइन्छ ।
प्रतिक्रिया दिनुहोस