असार २९, काठमाडौं । जनवादी गायक जीवन शर्मालाई राज्यले सम्मान गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शर्मालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित गएिको हो।
रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष रहेका शर्माका दर्जनौं गीतहरु चर्चित छन्।
पञ्चायतकालदेखि नै जनताका गीत गाउँदै हिँड्ने शर्माका झरनाको चिसो पानी, सिमली छायाँ जस्ता गीतहरु जनजीब्रोमा झुण्डिने गरेका छन्। जनगायक जिबन शर्माका जनबादी गीतहरु जनताको मन मस्तिस्कमा छाप बनेर बसेका छन् ।
प्रतिक्रिया दिनुहोस