मलेसियाविरुद्ध नेपाल टस जितेर ब्याटिङमा [लाइभ भिडियो]


असार २९, काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले आइतबार मलेसियासँग दोस्रो टी–२० खेल्दै छ । किनरारा ओभल मैदानमा हुने खेलमा नेपाल विजयी भए सिरिज २–० ले जित्ने छ ।

मलेसियासँगको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको हो ।

आइतबारको खेलमा पवन शर्राफ र अभिनाश बोहोरालाई मौका दिइएको छ । शनिबारको खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरे पनि ब्याट्सम्यानकाबीचमा साझेदारी भने धेरैबेर जम्न सकेन । ओपनिङमा गएका प्रदीप ऐरी ड्रप भएका छन् ।

उनको स्थानमा पवन सर्राफलाई मौका दिइएको छ । भेटरान बलर बसन्त रेग्मीलाई पनि आराम दिइएको छ । युवा बलर अभिनाश बोहरा बलिङ एट्याकमा आउनेछन् ।

सिंगापुरमा हुने विश्वकप टी–२० छनोटका लागि तयारी गरिरहेको नेपाल मलेसियाबाट २० तारिखमा उता प्रस्थान गर्नेछ ।

एसिया छनौटमा नेपालको खेल तालिका

साउन ७– नेपाल भर्सेस कतार
साउन ८– नेपाल भर्सेस मलेसिया
साउन ११– नेपाल भर्सेस कुवेत
साउन १२– नेपाल भर्सेस सिंगापुर

टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्ने छ।

असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्।

ग्लोबल छनौट खेल्ने स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान, आयरल्याण्ड्स, यूएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी गरी ११ टोलीको टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनौटबाट एक टोली र अमेरिका छनौटबाट दुई टोली थपिनेछन्।

नेपाली टोली

कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी ।

लाइभ भिडियो

२९ असार २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको