असार २९, काठमाडौं । सडक दुर्घटनामा परेर मलेशियामा दुई जना नेपाली युवाको मृत्यु भएको छ ।
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोट घर भई भट्टसँगै एउटै कम्पनीमा कार्यरत शिव दाहालको सडक दुर्घटनामा मृत्यु भएको हो ।
शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको शुक्लाफाँटा २ का वडाध्यक्ष शिवराज पनेरुले जानकारी दिए ।
आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै दाहालको समेत मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए ।
प्रतिक्रिया दिनुहोस