गायीका भुमिका गिरीले गरिन दाङका अग्नि पिडितलाई २० हजार सहयोग


बैशाख ३१, दाङ । लोक दोहोरी गायीका भुमिका गिरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ सिरुखर्क र राजपुर गाँउपालिका १ पटौली नाकाका अग्नीपिडीतहरुलाई आर्थिक सहयोग गरेकी छन ।

सिरुखर्कका गोपे थापा, हिमलाल थापा, शिबलाल थापा, मेघराज थापा र देविराम थापाका बालबालिकाको शैक्षिक सामाग्रि खरीदका लागि १० हजार रुपैयाँ सहयोग गरेकी हुन ।

आगोले शैक्षिक सामाग्रि तथा ड्रेसहरु जलेका कारण खरिदका लागि प्रतिपरिवार दुई हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेकी हुन ।

दाङको देउखुरीमा घरभई हाल काठमाडौमा बसेर कलाकारीता गर्दै आएकी गायीका गिरीले पत्रकार निमुसंगम घर्ती मार्फत ५ घरका बालबालिकालाई शैक्षिक सामाग्रि खरी दगर्न रकम उपलब्ध गराएकी हुन ।

पत्रकार घर्तीले मंगलबार वडा नम्बर १ का सदस्य छविलाल घर्तीको रोहवारमा पिडितलाई १० हजार रुपैयाँ उपलब्ध गराएका हुन । यसैविच गायीका गिरीले राजपुर गाँउपालिका १ पटौली नाकाका अग्निपिडित गगन बस्नेतको परिवारलाई पनि नगद १० हजार सहयोग गरेकी छन ।

बस्नेतको घरमा करिब १ हप्ता अगाडी आगलागी हुँदा ५ वटा बाख्रा लगायत खाद्यान्य सहित सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ । दुःखमा परेका व्यक्तीहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरेको उहाँको भनाई छ ।

३१ बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको