विप्लव नेकपाका रुकुम पूर्व इन्चार्ज शिशिर पक्राउ


बैशाख ३१, रुकुमपूर्व । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) रुकुमपूर्वका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल (शिशिर) लाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ गरायला मुलपानीबाट नकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सानीभेरी गाउँपालिका –३ गरायला र सिम्ली लगायतका स्थनमा प्रतिबन्धित विप्लव नेकपाका कार्यकर्ता लुकीछिपि बसेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

पक्राउ परेका नकाल तत्कालीन जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डर हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३१ बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको