त्यो निम्छरो पत्रकारलाई कारबाही गर !


केबी गुरुङ । हो यो देशमा ठुलाबडाहरुलाई जी हजुरी नगर्ने निम्छराहरुलाई कारबाही गरेरै जेलमा कोच्नु पर्छ ! किनकी आदर र सम्मान तथा सिस्टाचार भन्ने जिनिस निम्छराले प्रयोग गर्ने लगौटी हुन् ।

देशमा बोल्न पाउने लोकतन्त्र हात्तिको देखाउने दांत मात्र हो भन्ने कुरा त्यो निम्छरो पत्रकारलाई किन थाहा नभएको होला ? जनताको प्रश्न राजाहरुलाई सोध्न पाइदैन भन्ने कुरा किन नबुझेको होला ?

मन्त्रिलाई प्रश्न गर्दा तपाई बकबास नगर्नुस भन्दा पनि त्यो निम्छरो पत्रकारले किन झन् खरो प्रश्न गरेको होला ?

अनि गणतन्त्रले एउटा राजाको ठाउँमा हजारौ भुरेटाकुरे राजाहरु जन्माएको छ भन्ने कुरा त्यो निम्छरोलाई अलिकति पनि हेक्का भएन त ?

त्यो दुर दराजको किसानलाइ के थाहा अभिव्यक्तिको कुरा । आफै पनि बोल्न नसक्नेले अभिव्यक्तिको परिभाषा कसरि बुझ्ला । त्यसै त, हिजो राजाहरुको व्यवस्थाले बन्द गराई दिएको बोलीहरु अझै खुल्न सकेका छैनन् । लोकतन्त्रको आगनमा तोते बोलि बोल्नै लाग्दा कम्युनिष्ट सरकारले फेरी बोलीहरुमा ताल्चा झुन्ड्याउन थाल्यो ।

अब बोल्ने कसरि ?

सायद, अब निम्छराहरुले यो व्यबस्थाको सिष्टता पालना गर्न, दुइ दशक अघिको राजतन्त्रात्मक व्यबस्थाको इतिहास पढ्नु पर्नेछ । नत्र निम्छाराहरु डण्डा खाएर जेलनेल खान तयार हुनुपर्छ । आजको राज्य ब्यबस्थाको शैली र ब्यबहारले यस्तै देखाई रहेको छ ।

निम्छराहरु हो, त्यो पुरानो व्यबस्थाको कथा कान खोलेर सुन !

दुइ दशक अघि यो देशमा एउटा गज्जबको ब्यबस्था थियो । त्यस ब्यबस्था भित्र ‘सिष्टाचार’ भन्ने नीति थियो ।

अर्थात ठुलाबडाहरुलाई निम्छराहरुले गर्ने ब्यबहार र शैली उच्च थियो । निम्छराहरुको ब्यबहारले ठुलाबडाहरुको आत्मसम्मान मिल्ने जिनिस नै ‘सिष्टताचार’ थियो ।

उक्त ब्यबस्थामा लागु हुने ‘सिष्टता’को प्रकृति एकात्मकक थियो । अर्थात ठुला मानिसहरुका लागि सानाहरुले प्रयोग गर्ने एकोहोरो व्यवहार । दासहरुले मालिकलाइ सेवा गर्ने ‘सिष्टता’ थियो ।

ठुलाहरूले सानाहरुलाई प्रयोग गर्ने दोहोरो नीति अर्थात ‘सिष्टताचार’ त्यो ब्यबस्थाको कानुन भित्र कहिँ कतै थिएन ।

सिस्टाचारका विशेषणहरु अनेक थिए । जस्तै; मर्यादा-पालक, आदर र सम्मान, संस्कार-रितिथिति, मान-मर्दन, पुजारी प्रथा, भक्ति-भाव, ।

यी अनेक रुपधारण गरेका विशेषणहरु सानाहरूले ठुलाहरूलाई प्रयोग गर्ने नीति बनेका थिए । दरबारिया घरानाका मानिसहरुका लागि झुपडीमा बस्ने मानिसहरुले प्रयोग गर्ने आचार, ब्यबहार र शैली थिए ।

यसलाई प्रयोग गर्नु नै निम्छराहरुको जिबन शैली थियो ।

यसरि सानाहरूले ठुला ओदाहामा बसेकाहरुलाई सिस्टाचार तथा मर्यादा पालन गर्दा तिनै ठुलाबडाहरुबाट दिइने प्रतिफल भने ठिक बिपरित धुर्बका आचार, ब्यबहार र शैली थिए, अर्थात उल्टो हुन्थे ।

जस्तै; असिष्टता, अमर्यादित, अनादर, अपमान, दुर्ब्यबहार, असहिष्णुता, हेपाहा आदि इत्यादि ।

निम्छराहरुले दरबारिया घरानामा बस्नेहरुलाई उच्च सम्मान दिनु, मानमर्दन गर्नु, आदर गर्नु त्यो ब्यबस्थाको उच्च ‘सिस्टता’ थियो ।

यहि सिस्टताका कारण राज्यको बिरुद्द कहिलै बोल्न पाइदैन्थ्यो ।

उनीहरुको गलतका बिरुद्द औला उठाउन महापाप मानिन्थ्यो । राज्य संचालक अर्थात मालिकहरुको बिरुद्द बोल्ने कुरा छोडौ, उनीहरु संग नजर जुधाउन समेत मुस्किल थियो ।

मनपरी बोल्ने मानिसहरु त दरबारमा बस्थे । उनीहरुलाई बोल्न कुनै छेकबार थिएन । आहाsss उनीहरुका लागि कति गज्जब ब्यबस्था ।

000

आज समयले कोल्टे मात्र फेरेन, बिपरित धुर्बमा समेत धुर्बिकृत भयो । ब्यबस्था फेरियो । मालिक फेरीए । त्यो निम्छराहरुलाई लागु गर्ने ब्यबस्थाका पुराना मालिकहरु पत्तासाफ भए, त्यो ब्यबस्थै आर्यघाटमा पुग्यो ।

तर आचरण, ब्यबहार र शैली भन्ने जिनिस अझै उस्तै रह्यो ।

ब्यबस्था फरक भयो तर ब्यबहार उस्तै बन्यो । मालिकका आचरणहरु उस्तै भए तर अनुहार फरक थिए । परिवर्तित राज्य ब्यबस्थामा पनि उही अहंकारी ब्यबहार र शैली प्रकट भएको छ ।

बिज्ञानको बिकाशक्रममा माक्सवादी नियमले भन्छ, पुरानो बस्तुको ठाँउमा नयाँ बस्तुको बिकाश गर्न पुरानो बस्तुको पूर्ण निस्तेज हुनुपर्छ ।

सायद त्यहि भएर होला, पुरानो राज्यव्यबस्थाका अबसेषहरु पूर्ण निस्तेज भएनन् । अझै सिधा भन्नु पर्दा त्यो ब्यबस्था भोगेका मानिसहरुको आचरण ज्युँदै भए ।

त्यसकारण दुई दशक अघिको राजतन्त्रामक व्यबस्थाको अबसेष पूर्णरुपमा निमिट्यान्न पार्न पुरानो बिचारले ग्रस्त समाजको अन्त्य हुनैपर्छ, नत्र त्यो असम्भब देखिन्छ ।

किन भने, ब्यबस्था भनेको बिचार वा चेतना हो । आज नयाँ ब्यबस्था भनिए पनि पुरानो चेतना वा बिचारले ग्रस्त मानिसहरुको हातमा देशको ब्यबस्था छ । उनिहरु बाँचुन्जेल अहंकारी एकात्मक राज्य व्यबस्थाको अन्त्य कहिलै हुँदैन ।

000

फलस्वरूप; राजा महाराजाहरुको मृत शैलीलाई जगाउदै समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादब पत्रकारको स्टुडियोमा उफ्रीए ।

कारण, यो ब्यबस्थाका नेताहरुको पाठशाला भनेकै त्यहि दुई दशक अघिको राजतन्त्र ब्यबस्था थियो । त्यहि व्यबस्थाको पाठशालाले सिकाएको अहंकारी चेतना द्वारा निर्मित आजका नेताहरु संयमित वा सिष्टाचार भन्ने हुँदैनन् । उनीहरुले आफुलाई जनताको नोकर हैन मालिक ठान्ने मनोबृतिबाट गाइडेड छन् । अनि यिनीहरुको आचरण, ब्यबहार र शैली कसरि फेरिन सक्छ ?

यतिबेला पत्रकार र मन्त्री बीचको सिष्टाचार बिषय निकै बहसको बिषय बनेको छ ।

बस्ताबमा सिष्टाचार बिहिन मानिसहरु पशु हुन् । हरेक मानिसहरु संग असल आचरण, ब्यबहार र शैली जस्ता सिष्टाचारहरु मानबिय गुणहरु हुन् ।

उपप्रधानमन्त्री तथा स्वास्थमन्त्री डा. उपेन्द्र यादब र पत्रकार बीचको प्रनोत्तर कार्यक्रमले देशको बास्तबिक व्यबस्थाको उजागर गरेको छ । पत्रकार र मन्त्रि बीचको अशिष्टता दुखद बिषय हो । यसले नेपाली समाजमा नकारात्मक असर र प्रभाब अबस्य पार्छ।

तर कार्यक्रमको पस्तुति करणलाई हेर्दा डा.उपेन्द्र यादब सुरु देखि पत्रकारमाथि आक्रामक देखिन्छन । उनको शैलीगत स्वाभाब हो वा नियतजन्य योजना अनुसार भएको हो, त्यो उनैले जान्ने कुरा हो । खासगरि पत्रकारलाई उत्तेजना बनाउने कार्यमा उपेन्द्र यादबको भूमिका प्रदान छ, भलै पत्रकारले संयमिता नगुमाउनु पर्थ्यो, त्यो नै एक मानबमा हुने ठुलो गुण हुन्थ्यो ।

यहाँ एकतर्फी पत्रकारमाथि हमला भएको देख्दा हाम्रा सोंचहरु पनि उस्तै दासी मनोबृतिका देखिन्छन, कित राजनीतिक आश्थाका आधारमा आफ्नो नेता बचाउने ध्येय देखिन्छ ।

खासगरी सरकारले पत्रकारहरुको प्रेस अभिव्यक्तिमाथि निर्मम बन्ने बिधेयक पनि ल्याउनु र उपप्रधानमन्त्रीले भयभित मानसिकता बोकेर पत्रकार प्रति अभद्र ब्यबहार प्रस्तुत गर्नुलाई सन्जोग मात्रै मान्न सकिने अबस्था छैन । खासमा आफु बसेको सत्ताको कुर्सिवाट प्राप्त शक्तिलाई राजा महाराजाको अहंकारी शैलीवाट अन्तर्वार्तामा प्रस्तुत हुनु अस्वाभाविक देखिन्छ ।

मन्त्री यादबको प्रस्तुति सुरुदेखि नै पत्रकार माथि आक्रामक देखिन्छ । शैली र सिष्टताका कुरा गर्ने हो भने प्रश्न सोध्ने पत्रकार भन्दा यादब बेलाबेला चर्किने गरेका छन् । उनको उग्र दम्भका कारण पत्रकारले पनि आफ्नो संयमता गुमाएको साँचो हो ।

सत्तामा बस्नेहरु जनताका नोकर हुन् । ति नोकरहरुले जनताका प्रश्नहरुलाई सरल र संयमित भएर उत्तर दिनु पर्छ । सडकका मानिसहरुको प्रश्न सोध्दा राजा महाराजाहरुको जस्तो आचरण र शैलीमा ब्रुक्क उफ्रिने होइन ।

तर सत्ता शक्तिको घमण्डमा आफुलाई सर्बसत्ताबाद देखाएको मन्त्रीको अहंकारी आचरणले प्रष्ट देखाएको छ । जनताको सासन सत्तामा यस्तो ब्यबहार सहिय हुँदैन । यद्यपि सिष्टाचारको कुरालाई कसैले भुल्न हुँदैन । तर यो दुबैमा लागु हुने कुरा हो । कुनै एक व्यक्तिमा लागु हुने होइन ।

यो दुई दशक अघिको राजाहरुको जस्तो ब्यबस्था होइन, जहाँ पत्रकारहरु मात्रै सिष्ट हुनुपर्ने । के यो देशको मन्त्रि सिष्ट हुनु पर्दैन ? के ठुलाबडाहरु संग अझै सिष्टता भन्ने चिज छैन ?

पत्रकारले सडकको आवाजलाई सोधेका हुन् । जनताको प्रश्न गरेका हुन् । तर यतिबेला राज्य पत्रकार माथि किन निर्मम बनिरहेको छ ? राज्यले पत्रकारलाई दुश्मन ठानी रहेको छ । यसका पनि केहि कारणहरु छन् ।

भूमाफियाहरु संग मिलेर बर्षौ अघि देखि सरकारी जग्गा हडप्नेहरु देश बनाउछु भन्नेहरु रहेछन । भूमाफियाहरुको कालाकर्तु मिडियाले बाहिर ल्याईदिए पछि पत्रकार भन्ने चिज देखि पारो तात्तिनु स्वाभाविक हो ।

यो देशमा रातारात करोडपति हुने कर्मचारी देखि मन्त्रि सम्म छन् । ह्वाइडबडी प्रकरण देखि सुन तस्कर समेत मिडियाले ओकालत गर्यो । पत्रकारहरुले भ्रष्टाचारीहरुको नाम समेत किटानी गर्न थालेपछि कठोर बिधेयक बनाएका छन् । जुन संबिधान बिपरित छ । हामी भ्रष्टचार गर्छौ, तिमि मिडियाकरण नगर भनेर धम्काउनलाई त्यो बिधेयक ल्याइएको हो ।

एकातिर प्रेस स्वतन्त्रता कायम छ भन्ने आर्को तिर पत्रकार धम्क्याउने बिधेयक ल्याउनुले राज्य नै हतोसाहित भएको देखिन्छ । यो ब्यबस्थाका हरेक नेता तथा मन्त्रीहरु भ्रष्टाचारवाट कोहि अछुतो छैन, उनका कर्तुतहरु ओकालत हुने डरले पत्रकारमाथि यो वा त्यो बहानामा आक्रमण हुँदैछ, कानुनको कसी लगाउदै छ । तर २१औ सताब्दी हो, सत्य कुरा लेख्न र भन्न पाउने अधिकार कोहि माइकालालले रोक्न सक्दैन ।

३१ बैशाख २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको