लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए


वैशाख १, काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताए ।

जहाज अनियन्त्रित भएर हेलिकप्टरलाई ठक्कर दिन पुगेको प्रारम्भिक रिपोर्ट आए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।

१ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको