कोर्चाबाङ्गका घर्तीको घोराहीमा थुर्पा रेष्टुरेन्ट, मेनु ढिडो-सिस्नो देखि बिरियानीसम्म


चोम बिष्ट/फागुन ३०, दाङ । रोल्पा कोर्चाबाङ घरभै हाल घोराही उपमहानगरपालिका डम्बरगाउँ बस्दै आउनु भएका समाजसेवी कैलाश घर्ती मगरले थुर्पा रेस्टुरेन्ट सन्चालनमा ल्याउनु भएको छ । उक्त रेष्टुरेन्ट घोराही उद्योग बाणिज्य संघ हलको अगाडि रहेको छ ।

दाङ देउखुरी होटेल व्यवसायी संघका अध्यक्ष रुद्र बहादुर डागी, उपाध्यक्ष दिपेन्द्र पुन मगर, सचिव ईश्वर बुढा मगर, थुर्पा रेस्टुरेन्ट सन्चालक कि आमा नन्दसरा घर्ती मगर साथै रोजगारको सिलसिलामा कतारमा रोल्पा जलजला सेवा समाजको स्थापना गर्दै सस्थापक अध्यक्ष समेत रहनु भएका खडक घर्तीमागर र सिबराम केसि उपाध्यक्ष चोम बिष्ट, महासचिव अनिल बुढा, कोषाध्यक्ष भिम जिसि, सदस्य वीर बहादुर बुढा, लगायत दाङमा रहेका कलाकार, पत्रकार, समाजसेवि, बुद्धिजीवी, सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधि लगाएतको बाक्लो उपस्थित रहेको थियो।

संघका अध्यक्ष रुद्र बहादुर डागी र रेस्टुरेन्ट सन्चालक कि आमा नन्दसरा घर्ती मगर द्वारा रिवन काटी बिहिबार रेस्टुरेन्टको उद्घाटन गरिएको थियो।

रेस्टुरेन्टमा भेज तथा नन भेज इन्डियन, चाइनिज तथा तन्दुरी आइटमहरु र लोकल मकैको ढिडो, आटो, सिस्नो, थकाली खाना लोकल कुखुराको मासु, माछा, खसिको मासु, चाउमिन, म:म, बिरियानी आदि अर्डर अनुसारको खाना नास्ता बनाउनका साथै होम डेलिभरिको समेत सुबिधा रहेको संचालक घर्तीले बताउनु भयो ।

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको