कर्णाली जेसिज कालिकोटद्वारा बालबालिकालाई शैक्षिक सामाग्री बितरण


कर्ण बिश्वक्रर्मा/फागुन ३०, कालिकोट । कर्णाली जेसिज शाखा कार्यालय कालीकोटले शैक्षिक सामाग्रि बितरण गरेको छ ।

बिहिबार सदरमुकाम मान्ममा रहेको जनजिबन मावि ताडिमा रहेका अनाथ बालबालीका, दलित समुदायका बालबालीका, बिपद जोखिममा परेका बालबालीका र फरक क्षमता भएका बालबालीकाहरु गरि जम्मा ३० जना बालबालीकाहरुलाई शैक्षिक सामाग्रि बितरण गरेको हो ।

कर्णाली जेसिज शाखा कार्यालय कालीकोटका २०१८ का अध्यक्ष जन्मदेव वरालको अध्यक्षता, सविधानसभा सदस्य माननिय तुलाराज विष्टको प्रमुख आथित्यता, २०१६ का अध्यक्ष भरतराज विष्टको विषेश तथा विद्धयालय व्यवस्थापन समितिका अध्यक्ष कुल प्रसाद पाण्डे उपस्थित भएका थिए ।

यस्तै नागरिक समाज संयोजक दान वहादुर विक, लक्ष्मि शाहि, भिम प्रसाद पाण्डे, कर्ण बिश्वक्रर्मा, सविन विष्ट, धर्मराज शाहि, जेसि गोविन्द नेपालि, लक्ष्मण शाहिे, खगेन्द्र पाण्डे, प्रेम प्रसाद अधिकारि, वौधे पाण्डे, निरु देवकोटा, जग्गेराम देवकोटा, अम्मकला पाण्डे, स्थानिय कानुन व्यवशाहि मणिराम पाण्डे, एवं सम्पुर्ण शिक्षक, कर्मचारि लगाएतको उपस्थितिमा शैक्षिक सामाग्रि बितरण गरिएको हो ।

कार्यक्रममा जोखिममा रहेका संगिता शाहि, जैपुरा पाण्डे, उर्मिला देवकोटा, भरता शाहि, लक्ष्मि पाण्डेलाई शैक्षिक सामाग्री प्रद्यन गरिएकाे छ । यस्तै अपांगता तर्फका अनिल शाहि, जंग शाहि, विश पाण्डे, विपना पाण्डे, दिपा विश्वकर्मा पनि शैक्षिक सामाग्रि बितरण गरिएको हो ।

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको