सरकारले भन्यो- ‘संगठित अपराध गरेकाले विप्लवमाथि प्रतिबन्ध’


फागुन ३०, काठमाडौं । संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको सरकारले बताएको छ ।

साथै प्रचलित कानुनअनुसार नै प्रतिबन्ध लगाएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुन कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको बताए ।

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको