सल्यानमा फेरी विप्लव नेकपाका कार्यकर्ता पक्राउ, भेट्न नदिएको भन्दै शैक्षिक हड्तालकाे घाेषणा


फागुन ३०, सल्यान । सल्यानमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन् ।

युवा संगनठ नेपाल सल्यानका सचिव समेत रहेका शानपा ६ निवासी खुम केसीलाई प्रहरीले पक्राउ परेको हो । उनलाई खलंगा पुरानो बसपार्कबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले बताए ।

शान्ति सुरक्षा अन्तरगत उनलाई पक्राउ गरिएको र अब सार्वजनिक कसुरमा मुद्दा लगाइने उनले बताए । पछिल्लो समय सल्यानमा प्रहरीले ३ जना नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ ।

फागुन २३ गते श्रीनगरबाट अखिल क्रान्तिकारी सल्यानका पुर्व सचिव मदन केसी, उनलाई भेट्न फागुन २७ गते जिप्रका पुगेका वर्तमान सचिव गनेश आर.सी. र बुधबार खुम केसीलाई पक्राउ गरिएको हो ।

उता अखिल क्रान्तिकारी सल्यानले पक्राउ परेका विद्यार्थीहरुलाई सहज रुपमा भेट्न नदिएको भन्दै कडा विज्ञप्ती निकालेको छ । संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले जारी गरेको विज्ञप्तीमा भेट्न गएका शुभचिन्तक तथा आफन्तहरुलाई निरकुंश सैलिमा विभिन्न बाहाना बनाइ सहज रुपमा भेट्न नदिएको र घर फर्काउने समेत गरिएको भन्दै बिरोध गरिएको छ ।

यसैको बिरोधमा चैत ३ गते सल्यान जिल्लामा शैक्षिक हड्तालको घोषना गरिएको विज्ञप्तीमा भनिएको छ । जसका लागी फागुन ३० गते र चैत १ गते प्रचारप्रसार, चैत २ गते जिल्ला व्यापी कोण सभा, बिरोध प्रर्दशन र मसाल जुलुसको तालिका सार्वजनिक गरिएको छ ।

यस्ताे छ विज्ञप्ती

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको