विप्लवमाथिको प्रतिबन्ध जनताको माग होइनः आहुति


फागुन ३०, काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकारले आफ्नो असक्षमताको ढाकछोप गर्नका लागि विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको आरोप लगाएको छ।

पार्टीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले दलमाथि प्रतिवन्द लगाएर आफैँ युद्धोन्मुख भएको बताएको छ। अहिले नेकपामाथिको प्रतिबन्द आवश्यक नरहेको पार्टीको ठहर छ।

‘प्रतिबन्दको घोषणाले सरकार आफै युद्धउन्मुख भएको छ’, संयोजक आहुपतद्वारा हरुताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो अक्षम अस्तितवलाई ढाकोछोप गर्न यो घातक नाटक सरकारले सुरु गरेको सजिलै बुझ्न सकिन्छ, नत्र नेपाली जनताले आवश्यक नै नठानेको यो निर्णय कदापि गर्नुपर्ने थिएन्।’

सरकारले नेकपाले उठाएका राजनीतिक माग र असन्तुष्टिलाई सम्बोधन नै नगरी केही घटनालाई आधार बनाएर प्रतिबन्धको निर्णयमा पुग्न हतारो भएको विज्ञप्तिका उल्लेख छ। सरकारले राज्य आतंक सिर्जना गर्ने उद्देश्यले प्रतिबन्धको निर्णयमा उत्रिएको दावी विज्ञप्तिमा गरिएको छ।

विप्लव नेतृत्वको नेकपा प्रतिगामी नभइ मित्रशक्ति नै भएको भन्दै प्रतिबन्दको मुद्दा फिर्ता गरि उसले उठाएका मुद्दालाई वैचारिक राजनीतिक संवादमका माध्यमबाट हल गर्न समेत समाजवादी पाटीृले माग गरेको छ। ‘प्रतिबन्ध घोषणालाई तुरुन्त फिर्ता लिई राजनीतिक संवादको प्रक्रिया शुरुआत गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस कदमले अनाश्यक दुर्घटनामा नेपाली समाज धस्सिने भएकाले यस प्रवृतिलाई अगाडि बढ्न नदिन समाजका सबै तप्का सचेत भई दबाब श्रृष्टि गर्न हार्दिक अपिल गर्दछौं।’

सरकारले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि वैज्ञानिक समाजवादी पार्टीले पहिलोपटक विज्ञप्ति नै निकालेर त्यसको विरोध गरेको हो।

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको