पब्जी गेम खेल्ने १० जना पक्राउ


फागुन ३० काठमाडौँ । भारतको गुजरातस्थित राजकोटमा मोबाईल गेम पब्जी खेल्न प्रतिबन्ध लगाइएको छ ।

यो प्रतिबन्धपछि पनि पब्जी खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट अनुसन्धानका लागि मोबाईल फोन समेत जफत गरेको छ ।

प्रहरीका अनुसार उक्त गेम खेलिरहेका ती युवाहरु यति अम्मली भएका थिए कि प्रहरीहरु उनीहरुलाई पक्राउ गर्न नजिकै आउँदा समेत उनीहरुले थाहा पाएनन् ।

प्रहरी अधिकारी मनोज अग्रवालले मार्च ६ मा एक सुचना जारी गर्दै पब्जीलाई राजकोटमा बन्देज लगाइएको थियो । पक्राउ परेकाहरुलाई प्रहरीको सुचना उल्लंघन गरेको आरोपमा कारवाही अघि बढाइने भएको छ ।

यस खेलले युवा तथा बालबालिकाहरुमा हिंसात्मक प्रवृति बढाएको, अध्ययनमा असर पुर्याएको, भाषा र आचरणमा असर पुर्याएको भन्दै प्रहरीले राज्य सरकारको निर्देशनमा बन्देज लगाइएको प्रहरी अधिकृत अग्रवालले बताए । एजेन्सी

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको