जन्ती वाेकेकाे बस जलाईएको होइन: विप्लव नेकपा


फाल्गुन ३०, कैलाली । नेपाल कम्युनिस्ट पार्टी कैलालीले जन्ति वाेकेकाे वस नजलाएकाे स्पष्ट पारेकाे छ । विवाहकाे जन्ति छाेडेर आफ्नाे नियमित नम्बर लिएर गईरहेकाे बसलाई कारवाही गरिएकाे नेकपा कैलालीका ईन्चार्ज बिबेक कुमालले जानकारी दिए ।

तस्बिर: नम्बर लिएर गईरहेकाे भन्दै नेकपाले जलाएको बस

उनले भने, ‘हामीले सबै जाँच गर्दा नम्बर लिएर चलेकाे पाईएपछि कारवाही गरिएकाे हाे, जन्ति बस हाेईन, बरू दुई दिन अघि नै जन्ति छाेडेर आएकाे भन्ने देखिएकाे छ ।’ उनले बाहिर गरिएकाे हल्ला गलत भएको बताए ।

ने.क.पाले आह्वान गरेको नेपाल बन्दका क्रममा बिहिवार बन्दकाे अवज्ञा गरेकाे भन्दै कैलालीको बडैपुरमा यात्रुवहाक बसमाथि आगजनी भएको थियाे।

पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ ।

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको