रोल्पाका बुढा मगर कतारमा गाडी दुर्घटनामा मृत्यु


फाल्गुन ३०, कतार । रोल्पा नगरपालिका २ रेउघाका पृथ्बी बुढा मगरको गाडी दुर्घटनामा निधन भएको छ । कतार रोजगारीमा रहेका बुढामगर हिजो बुधबार साँझ आफैले चलाईरहेको गाडी दुर्घटना भएको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका बरिष्ट आर्थिक सल्लाहकार समेत रहेका बुढाले आफै गाडी चलाई रहेको अबस्थामा अर्को गाडीले ठक्कर दिंदा गम्भीर दुर्घटनाभइ घटना स्थलमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारका अध्यक्ष केसब राज खड्काले बताउनु भयो ।

गाडीमा दुइजना सवार थिए । उनि संगै रहेका सिराहाका शिव शाहाको बाँया खुट्टा भाँचिएको छ । उनको उपचार भैरहेको अध्यक्ष खड्काले बताउनु भयो । दुर्घटना भएलगतै घाइते शाहालाइ हस्पिटल लगिएको थियो ।

रोल्पाका पृथ्बी बुढा मगर बिगत ४ बर्ष देखि कतारको एसएमएस कम्पनिमा ड्राइभरको काम गर्दै आएका थिए । उनको परिवारमा एक श्रीमती र ३ छोरीहरु रहेका छन् । पारिवारिक स्थिति निकै नाजुक रहेको समाजका अध्यक्ष खड्काले बताउनु भयो ।

तस्बिर: पृथ्बी बुढा मगर ठक्कर दिएको सिमेन्ट मिक्स्चर ट्रक

मृतक बुढाको शव हमाद हस्पिटल कतारमा राखिएको छ । उनको शवलाइ नेपाल पठाउन आबस्यक कागजात देखि दुताबास सम्म समन्वय भएको खड्काले बताउनु भयो । आबस्यक कागजात पुरा भएपछी ३ देखि ४ भित्र नेपाल पठाई सक्ने उहाले बताउनु भयो ।

मृतकको केस कोर्ट दर्ताका लागि खड्का आइतबार आबस्यक कागजात सहित प्रहरी कार्यलय जाने बताउनु भयो ।

कसरि भएको थियो घटना

उनि संगै एउटै एसएमएस कम्पनिमा काम गर्ने सिराहाका शिव शाहा संगै साँझको करिव ६ बजे तिर अन्य कम्पनीका ९ जना कामदारलाइ खान पुर्याउन हिडेका थिए । घाइते शाहाका अनुसार कामदारहरुलाइ खाना पुर्याएर फर्किदा नेपाली रेस्टुरेन्टमा मम खाने योजना बनाएका थिए ।

आफु बस्ने क्याम नजिकै सहायक रोडबाट मुख्य रोडमा निस्कने क्रममा बायाँ साइडबाट आएको सिमेन्ट मिक्स्चर ट्रकले बुढा मगरले चलाईरहेको गाडीलाइ ठक्कर दिएको थियो ।

मिक्स्चर ट्रकले जोडले ठक्कर दिंदा उनको घाँटी भाँचिएर घटना स्थलमै मृत्यु भएको हो । उनि संगै रहेका शिब शाहाको भने बाँया खुट्टा भाँचिएको छ । हाल उनको हस्पिटलमा उपचार भैरहेको छ ।

समाजको शोक बक्तब्य

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारका केन्द्रिय बरिष्ट आर्थिक सल्लाहकार समेत रहेका पृथ्बी बुढा मगर समाजसेवामा निकै सक्रिय रहेका थिए । उनको निधनले सिंगो अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाइ क्षेतीभएको समाजले जनाएको छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्र र उपशाखा कतारले छुट्टा छुट्टै शोक बक्तब्य जारि गर्दै, उनको निधन प्रति गहिरो समबेदना प्रकट गरेको छ । समाजले जुझारु युवा गुमाएकोमा दुख प्रकट गर्दै संस्था र रोल्पालीहरुका लागि अतुलनिय क्षेती भएको समेत बताएको छ ।

उनको आर्थिक स्थिति निकै कम्जोर भएको हुँदा आगामी दिनमा उनका छोरीहरुका लागि सक्दो सहयोग गर्ने समेत कतारका अध्यक्ष केशब राज खड्काले बताउनु भएको छ।

 

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको