फागुन ३०, काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेकपाका नेता जनार्दन शर्माले सरकार र विप्लव नेतृत्वको पार्टी नेकपा दुवैको कार्यशैली गलत भएको बताएका छन् ।
सरकारले हालै विप्लवमाथि लगाएको प्रतिबन्ध र विप्लवबाट भइरहेका हिंसात्मक गतिविधिलाई लिएर नेकपाभित्रै मतान्तर बढिरहेका बेला नेता शर्माले सामाजिक संजाल फेसबुकमार्फत दुवैको कार्यशैली गलत भएको टिप्पणी गरेका हुन् ।
शर्माले दुवै पक्षलाई संविधानमार्फत पछिल्लो समस्याको निकास निकाल्न पनि सुझाएका छन् । ‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन’, ‘चाहिएको समाधान हो । संविधान भित्रै मत, जनमत र अभिमत मार्फत खोजौं आ–आफना समाधान ।’
प्रतिक्रिया दिनुहोस