नेकपाको बन्दले कालिकोट लगायत कर्णालीको जनजीवन प्रभावित


कर्ण बिश्वक्रर्मा/फागुन ३०, कालिकोट । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी नेकपाले आह्वान गरेको बन्दका कारण कालिकोट सहित कर्णाली अञ्चलको जनजीवन प्रभावित भएको छ ।

सरकारको दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध नेकपाले नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरिका सबारी साधन साथै बिद्यालय तथा बजार पूर्ण रुपमा बन्द रहेको छ । कालिकोट लगायत कर्णाली प्रदेशको राजधानि सुर्खेत जोड्ने कर्णाली करिडोरको बिभिन्न स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जुम्लाबाट प्रदेश राजधानि सुर्खेतका लागि छुट्ने सवारी साधन चलेका छेनन् भने जुम्लाको सदरमुकाम खलङ्गा बजारका साथै लामो छोटो दुरीका सवारी साधन सन्चालनमा आएका छैन भने शैक्षिक सस्था पनि ठप्प रहेको सहकर्मी शिवानि बिश्वक्रर्माले जानकारि दिनुभएको छ ।

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको