ज्ञानु गौतम/फागुन २, रुकुम । नेपालगञ्जबाट रुकुमको आठबीसकोट जाँदै गरेको बस जाजरकोटको भेरी नगरपालिका १ मा दुर्घटना भएको छ ।
दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । भे १ ख १३३९ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान नभएको र घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ !
घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोट लैजाने तयारी गरिएको छ । उद्दार कार्यजारी छ ।
प्रतिक्रिया दिनुहोस