बेहुला–बेहुली बन्दा यस्तो देखिए संजोग र बर्षा


फागुन २, काठमाडौँ । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाँधिएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका वर्षा र संजोगले प्रेम दिवसकै अवसर पारेर बिहीबार विवाह गरेका हुन्। उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गरेका छन्।

विवाह समारोहमा सीमित आफन्त, फिल्मकर्मी र साथीभाइको मात्र निमन्त्रण गरिएको बताइएको छ। विवाह कार्यक्रममा मिडियालाई प्रवेश दिइएको थिएन ।

आफन्त र सुभचिन्ताकहरुलाई शुक्रबार उनीहरुले बिहे भोजको आयोजना गरेको जानकारी दिएका छन्।

२ फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको