यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्दैन: मन्त्री महासेठ


फागुन २, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नचाएको बताउनुभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको ‘वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकार व्यवसायीलाई दुःख दिएर अगाडि बढ्न नचाएको बताउनुभएको हो । “यातायात क्षेत्रमा भएको लगानी नडुबोस् भन्ने चाहना सरकारको रहेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री महासेठले यातायात महासङ्घसँग सहकार्य गरेर सरकार अगाडि बढ्न चाहेको बताउँदै यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी लाग्नुपर्ने बताउनुभयो ।

उहाँले यातायात क्षेत्रका विज्ञ व्यक्तिले दिएका सुझावका आधारमा यातायात निर्देशिका संशोधन गर्दै अगाडि बढ्ने स्पष्ट पार्नुभयो । मन्त्री महासेठले बढ्दो सवारी साधनलाई ध्यानमा राखेर सरकारले छ हजारदेखि आठ हजार किलोमिटरसम्म नयाँ सडक कालोपत्र गर्न लागेको बताउनुभयो । यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्न सरकार लागेको उहाँको भनाइ थियो ।

२०७५ फाल्गुन २,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको