प्रेम दिवसमा युवा-युवतीहरु ‘अनाथ बालबालिकाको साथमा’


आज प्रेम दिवस । युवायुवतीहरु प्रेम दिवसलाइ दाहिने पारेर लव प्लेस, अर्थात प्रेम नगरी तिर एकाबिहानै घुमघाम गर्न हिडे ! कसैले पार्टी प्यालेस तिर रमाइलो गर्दै छन् । कोहि भेटघाटको सुर कस्दै छन् भने कोहि फेसबुकको भित्तामा ‘भ्यालेन्टाइन डे’ मनाउन व्यस्त छन् ।

तिनै अमर प्रेम जोडिहरु एक आपसमा प्रेमका कोशेलीहरु उपहार स्वरुप साटासाट गरेर मनाउदै छन् ।

तर एउटा सानो युवाको जत्था भने प्रेम दिवसको उपहार बोकेर काठमान्डौको धापासीतिर हान्नियो । प्रेम रुपी भावनाको उपहार बोकेर हिडेका तिनै युवाहरु धापासीमा रहेको बाल अनाथालयमा पुगेका थिए ।

समाजसेवाको भावनाले ओतप्रोत भएका युवायुवतीहरुले भने प्रणय दिवशको अबसरपारी ‘यसपालिको प्रणय दिवस अनाथ बाल-बालिका संग’ भन्दै अनाथ बालबालिकाहरु संग प्रेम, सदभाब, स्नेह साट्न गएका हुन् ।

यसरि रिजन मडैको संयोजनमा धापासिमा रहेको ‘नेपाल तालबोट बाल केन्द्र’मा रहेका २४ जना बालबालिकालाई केही खाद्यान्न तथा सैक्षिक सामग्री बोकेर उनीहरु त्यहाँ पुगेका थिए ।

मायाको अभावमा बाचेका अनाथ बालबालिका सँगै बसेर थोरै मायाको अनुभुति दिलाउन आफुले सक्ने सहयोग गरेर दिवस मनाइएको अभियान्ता मडैले बताइन । पत्रकार तथा अभियान्ता सम्झना पौडेलले प्रेम साटन कुनै खास निजि व्यक्ति हुनुपर्छ भन्ने मान्यतालाई तोड्दै, समाजसेवा मार्फत प्रेमलाइ सामाजिकीकरण गर्न सके आपसि सद्भाव, माया र प्रेम सफल हुने बताइन ।

समाजसेवी मन भएका युवाहरु अम्मर बिष्ट, नरेन्द्र बिष्ट, अजित शाह, शर्मिला श्रेष्ठ, प्रकाश सिह कार्की, जनक साउद र प्रभात सापकोटाले आर्थिक सहयोग गरेका थिए ।

जय बहादुर चन्दको प्रमुख आथित्यता रहेको सो कार्यक्रममा डाक्टर दिनेस रावलको विशिष्ठ आथित्यता रहेको थियो । त्यस्तै अथितिहरु अजित शाह , नरेन्द्र विष्ट लगाएतको सहभागिता रहेको थियो ।

आजका युवाहरु समाजसेवा मार्फत सामाजिक प्रेमप्रति उत्तरदायी भैरहेको देख्दा, यसले मानवीय गुणलाइ उजागर गरेको प्रष्ट देख्न सकिन्छ ! उहाहरुलाई प्रेम दिवसको सादुबाद ।

 

२ फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको