प्रहरीले लखेट्दा युवक वेपत्ता, आफन्तको प्रहरी कार्यालयमा धर्ना


कर्ण बिश्वक्रर्मा/फागुन २, कालिकोट । स्थानिय हाटबजार जिते बजारमा सोमवार वेलुका ४ वजेतिर गाडी स्टाप र वजारका केटाहरुविच विवाद भएपछि प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा खाडाचक्र नगरपालिका १ निवासि सुमन शाहि भाग्ने क्रममा वेपता भएको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।

विवादमा संगल्न रहेको भन्दै, खाडाचक्र नगरपालिका २ का जितेन्द्र मल्ल र खाडाचक्र न.पा १ का शेर बहादुर शाही लाई, प्रहरिले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रमुख विनोद शर्माले दिएकाछन् ।

शर्माका अनुसार केटाहरु विच झडप भइरहेको जानकारी प्राप्त भएअनुसार प्रहरी टोलिलाई त्यस स्थानमा पठाएर झडप नियन्त्रण गरी ३ जनालाइ नै प्रहरीले नियन्त्रणमा लिइसकेका बेला विचबाटोबाट भागेर जाँदा अहिले सम्म वेपत्ता रहेको बताएका छन् ।

हामीले यसबारे विस्तृत वुझ्न खोज्दा प्रहरी प्रमुख शर्माले कर्णाली नदिमा हाम फालेको हुन सक्ने आशंका बताएका छन् । हाल बेपत्ताको मोवाइल र टोपी पनी भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

वेपता परिवारका अनुसार प्रहरीले लखेट्न खोज्दा भाग्ने क्रममा भिरवाट लडेर कर्णाली नदिमा खसेर डुवेको हुन सक्ने बताइएको छ । वेपत्ता शाहीको लगाउने टोपि र गल्वन्धि भिरमा अड्किएर रहेको बताएका छन ।

वेपता परिवारले अहिले अस्थाई प्रहरी चौकि हुल्ममा धर्ना बसेर तत्काल खोजिकार्य गर्न माग गरिरहेका छन् । वेपता शाहीको अहिले प्रहरी र नेपाली सेनाले खोजि कार्यकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

२०७५ फाल्गुन २,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको