प्रेमलाई विवाहमा परिणत गर्दै वर्षा र संजोग, बिहेको दिन पनि तोकियो


काठमाडौँ । लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो ।

नायिका बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् । बलिउडका चर्चित नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले बिहे गर्न लागेको जानकारी जुन शैलीमा दिएका थिए, सोही शैलीमा बर्षा र संजोगले पनि फ्यानलाई सरप्राइज दिएका छन् ।

नायिका राउतले बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ–‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।’

बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । नायिका बर्षा राउत र नायक संजोग कोइरालाको प्रेम चलचित्र क्षेत्रमा मात्र नभएर उनीहरुको फ्यानमाझ पनि चर्चित छ ।

३० पुष २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको