रोल्पामा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु, १२ जना घाइते


पुस ३०, रोल्पा । रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा एक युवतीकाे मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

सदरमुकाम लिबाङबाट मिरुल टुटु जाँदै गरेको लु १ ज ३३३२ नम्बरको जिप सोमबार दिउँसो पौने ४ बजेतिर परिवर्तन गाउँपालिकाको खरिबोट नजिकै सडकबाट खोलामा खसेको हो ।

दुर्घटनामा २१ वर्षीया सञ्जु बुढामगरकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । उनी माघी पर्व मनाउनका लागि कुरेली गाउँमा माइतीघर जना हिडेको बताइएको छ । घटनामा उनीसँगै जिपमा सवार उनको भाई र बहिनी समेत घाइते भएका छन् ।

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाकाे अवस्था चिन्ताजनक छ । निशा रोकामगरकी ९ महिने छोरीको अवस्था चिन्ताजनक रहेकाे प्रहरीले बताएकाे छ । घाइते सबैलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि ल्यायाइएको बताइएको छ । घाइते सबैको नाम र ठेगाना खुली नसकेको प्रहरीले जनाएको छ ।

दुई सातायता जिल्लामा ५ वटा सवारी दुर्घटना भएका छन् । केही दिनअघि मात्रै परिवर्तन गाउँपालिकाकै बागमारा जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो ।

फाइल तस्बिर 

२०७५ पुष ३०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको