पुष ३०, कालिकोट । क्रान्तिकारी पत्रकार संगठन नेपाल कालिकोटको जिल्ला सँयोजकमा कर्ण बिक चयन भएका छन । कालिकोटको रास्कोटमा आयोजित जनपक्षीय पत्रकारिता समन्धी तालिमको समापन सँगैको जिल्ला भेलाले बिकको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति चयन भएको हो ।
निर्वाचित जिल्ला समितिलाई संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बधाई एवम् शुभकामना व्यक्त गर्दै जनपक्षीय कलम चलाउन अाग्रह गरेका छन ।
भेला पछि बसेका संगठनको पहिलो बैठकले जिल्लामा सदस्यता वितरण गर्नुका साथै जिल्ला सम्मेलनको ब्यापक तयारी गर्ने निर्णय गरेको संयोजक बिकले बताए ।
प्रतिक्रिया दिनुहोस