जनपक्षीय पत्रकारिता बारे कालिकोटमा तालिम सम्पन्न, साथै अभिनन्दन (फोटो फिचर)


पुष ३०, कालिकोट । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले कर्णालीका जनताका पक्षमा कलम चलाउने पत्रकार बन्न प्रशिक्षार्थीलाई अनुरोध गरेका छन ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समितिले कालिकोटको रास्कोटमा अायोजना गरेको ५ दिने जनपक्षीय पत्रकारिता तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष डुम्रेले कतिपय मिडियाकर्मि र मिडियाले राज्य र ठुलाबडाको मात्रै गुणगान गाएर श्रमजीवी जनताका पक्षमा कलम चलाउन छाडेको बताउदै जनपक्षीय पत्रकारले अाम शोषित पिडित जनताको पक्षमा कलम चलाउन अाग्रह गरेका छन । तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डुम्रेले मिडियाले राष्ट्रियता, जनताको जनजिविका बारेमा समेत शशक्त अावाज उठाउनु पर्ने कुरामा जोड दिएका थिए ।

समापन कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज समरले कर्णालीको कालिकोट जिल्लाको त्यो पनि दुर्गम गाउँमा महत्वपूर्ण तालिम अायोजना गरेकोमा अायोजकलाई धन्यवाद दिदै जनपक्षीय पत्रकारितामा कृष्णसेन ईच्छुकको भुमिका पुरा गर्न पत्रकारहरुलाई अाग्रह गरेका थिए । कार्यक्रममा संगठनका महासचिव हिम बिष्टले कर्णालीका समस्या बारे मिडिया मार्फत उठान गर्नुपर्ने काम अब पत्रकारहरुले पुरा गर्नेमा अाफु विश्वस्त भएको बताए ।

३ महिने जनसञ्चार अभियान उदघाटनको क्रममा कालिकोटको रास्कोट पुगेका संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम बिष्ट, कोषाध्यक्ष जानकि चौधरी, भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक टिका केसि, गण्डकी धौलागिरी क्षेत्रिय समन्वय समिति संयोजक अोम हमाल, केन्द्रीय राजकुमार योगी लगाएतको टोली कालिकोटको रास्कोटमा जनपक्षीय पत्रकारिता तालिम दिन पुगेको थियो ।

तालिम समापन कार्यक्रमको अध्यक्षता क्षेत्रीय समन्वय समिति सयोजक टिका केसि, सञ्चालन केन्द्रीय सदस्य राजकुमार योगिले गर्नुभएको थियोे भने स्वागत संगठनका सदस्य कर्ण कार्कीले गर्नुभएको थियो ।

आस्था, बिचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीवीको हक, हित र जनपक्षीय पत्रकारिताको बिकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा लिएर दुर्गम क्षेत्र पुगेको सँगठनले रास्कोटमा ५ दिने तालिममा ३५ जनाको सहभागीता रहेको थियोे । स्थानीयले पहिलो पटक रास्कोटमा तालिम सञ्चालन गरी महत्त्वपूर्ण कार्य गरेको भन्दै सँगठनका पदाधिकारीलाई रास्कोटबासिले अभिनन्दन समेत गरेका छन ।

फोटोहरु:

२०७५ पुष ३०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको