जनविरोधी र राष्ट्रघाती सरकारविरुद्ध आन्दोलनमा जान्छौं : सिपी गजुरेल


पुस ३० काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारलाई हटाउन आन्दोलनको विकल्प नरहेको बताए ।

मोर्चाका अध्यक्ष सिपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै विरोधमा जनआन्दोलन गर्ने चेतावनी दिएका हुन् । मोर्चाले सरकारविरुद्ध आगामी ७ फागुनबाट ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा गरेको छ ।

अध्यक्ष गजुरेलले जनताले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको स्पष्ट पारे । संसदमा दुई तिहाई बहुमतमा रहेको वर्तमान सरकारलाई हटाउन आन्दोलन एक मात्रै विकल्प भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन आग्रह गरे ।

२०७५ पुष ३०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको