जनवरी १४, युएई । मितेरी समाज यूएई केन्द्रले ११ जनवरी सुक्रवारका दिन फुजेराह नजिकै अल सदाह मध, ओमानमा (Al Sadah Madha, Oman) नयाँबर्षको शुभकामना आदान प्रदान साथै बिशेष वनभोज कार्यक्रमको आयोजना गरेको थियो ।
यूएईमा कर्म थलो बनाउदै बस्नु भएका ७ वटै शहरबाट नेपाली दजुभाई तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको मेतेरी समाजले जनाएको छ । करिब ३०० हाराहरिमा उपस्थिति नेपाली दजुभाई तथा दिदिबहिनीहरुले बिभिन्न परिकार खानाको स्वाद सँगै निकै रमाइलो गरेका थिए ।
मितेरी समाज यूएई केन्द्रीय अध्यक्ष प्रदीप पुन मगरको सभापतित्व र संरक्षक मोहन बुढाथोकी मगरको प्रमुख अतिथ्यमा, यूएई आबद्द बिभिन्न संघ सस्थाका अतिथिहरुको उपस्थितिमा सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको समाजले जनाएको छ ।
मितेरी समाज यूएई केन्द्रका उपाध्यक्ष तथा वनभोज कार्यक्रम संयोजक चन्द्र राना मगर (ज्ञावत)ले सो कार्यक्रम आयोजना गर्नुको मुल उदस्य प्रवासमा नेपालीहरुको आपसी मेलमिलाप र यूएईको ७ वटै क्षेत्रमा मितेरी समाज क्षेत्र विस्तार गर्ने योजना रहेको कुरा बताएका थिए ।
बनभोज झल्कहरु:
प्रतिक्रिया दिनुहोस