पुस ३०, रोल्पा । रोल्पा त्रिवेणी गाउँपालिका ४ स्थित श्री जनकल्याण मावि सिमपानीको बिद्यालय ब्यबस्थापन समितिलाई खारेज गर्न स्थानीय अभिभावकहरुले सघर्ष समिति निर्माणगरि आन्दोलनको घोषणा गरेका छन् । वडा नम्बर ४ का जनप्रतिनिधिहरुले मनोमानी ढंगले अभिभावकहरुको भेला नगराई बिब्यस गठन गरेको भन्दै उक्त समितिका बिरुद्द उत्रिन बाध्य पारेको जनाएका छन ।
वडा सदस्य चन्द्र बहादुर घर्तिले बिद्यालय भवन निर्माणमा कुनै सहयोग नगरेको संघर्ष समितिले आरोप लगाएको छ । जनप्रतिनिधि चन्द्र बहादुर घर्तिसंगै बिद्यालय प्रअ, सहायक प्रअ र शिक्षकहरुले चरम राजनीति गरेको बताउदै बिज्ञप्ति मार्फत घोर भर्त्सना समेत गरेका छन् ।
संघर्ष समितिले आजै जारि बिज्ञप्तिमा भनेको छ, ‘दोश्रो त्रैमासिकको रिजल्ट सुनाउने वाहनामा उपस्थिति संकलन गरि अभिभावकलाई थाह नदिएर कृते निर्णय र कृर्ते हस्ताक्षर गरि बिव्यस टुंगिएको झुटोकुरा र बिबरण जानकारी पठाएको गाउपालिकामा यस्ता गलत कामको घोर भत्सर्ना गर्दै, उक्त बिव्यसलाई खारेजी गरि, नयाँ बिव्यस गठनका लागि सम्पूर्ण सरोकारवालालाई हार्दिक आह्वान गर्दैछौ’ ।
सम्बन्धित निकायले उत्पन्न समस्यालाई सहि ढंगले समाधान नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । बिगत र बर्तमानमा बिकाशका बाटोका योजनाहरु र बन तथा कृषि क्षेत्रमा समेत अनियमितता भएको जनाउदै आबस्यक परे अदालत सम्म जाने संघर्ष समितिले चेवानी दिएको छ ।
हेर्नुहोस प्रेस बिज्ञप्ति
बिषय -प्रेश बिज्ञप्ति,
उपरोक्त बिषय सम्वन्धमा त्रिवेणी गापा वडा स्थित यस श्री जनकल्याण मावि सिमपानि बिद्यालय बिव्यस गठन सम्वन्धमा बिवाद भै अहिलेसम्म ४ महिना अवधिमा निकास ननिकालि यस ४ नम्बर वडाका जनप्रतिनिधिले मनोमानी ढंगले अगाडि बढ्नाले विभिन्न समस्या खडा भएको र निकासका लागि छलफल बार्ता गर्न वडा समितिको कार्यलयमा जनप्रतिनिधिका कुनैपनि उपस्थित नभए पछि, छलफल हुन नसके पछि आन्दोलन गर्न हामीलाई बाध्य पारिएको कुरा अवगत गराउन चाहन्छौं । साथै वडाका सदस्य चन्द्रबहादुर घर्तीले बिद्यालय भवन निर्माणमा कुनैपनि सहयोग नगरेकोले र विभिन्न समस्या खडा गर्दै हाल आएर बिवादित बिषयलाइ हल नगरी स्वयं चन्द्रबहादुर घर्ती र प्रअ सहायक प्रअ र सिक्षक प्रतिनिधिले चरम राजनीति गरिरहेकाले संघर्ष समितिले घोर भर्सना गर्दछ । दोश्रो त्रैमासिकको रिजल्ट सुनाउने वाहनामा उपस्थिति संकलन गरि अभिभावकलाई थाह नदिएर कृते निर्णय र कृर्ते हस्ताक्षर गरि बिव्यस टुंगिएको झुटोकुरा र बिबरण जानकारी पठाएको गाउपालिकामा यस्ता गलत कामको घोर भत्सर्ना गर्दै, उक्त बिव्यसलाई खारेजी गरि नया बिव्यस गठनका लागि सम्पूर्ण सरोकारवालालाई हार्दिक आह्वान गर्दैछौ ।
यदि समस्याको सावधान सहि ढंगले गरियन भने, यसप्रति आई पर्ने समस्या समन्धित स्थानीय सरोकारवाला जवाफदेही हुनुपर्ने छ, र चरणबद्व रुपमा आन्दोलन घोषणा गर्दै, बिगत बर्तमान बिकास योजनामा बाटो, बनकृषिको क्षेत्रमा अनियमित भएको हुदा त्यसको बिरुद्धमा छानबिन गर्न अदालत र अक्तियार सम्म जाने तयारीका साथ प्रेस बिज्ञति जारि गर्दैछौं ।
संघर्ष समिति त्रिवेणी ४ रोल्पा
तस्बिर : पत्रकार सम्मेलन/वकिल पुन मगर
यो पनि पढ्नुहोस
रोल्पामा जनप्रतिनिधिको कार्यलयमा स्थानीयले ताला लगाए (भिडियो हेर्नुहोस)
प्रतिक्रिया दिनुहोस