नेपाली कांग्रेसका कार्यकर्ताद्वारा प्रअ कुटिए


बिनोद श्रेष्ठ/पुस ३०, गोरखा । नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताद्वारा गोरखाको एक विद्यालयका प्रधानाध्यापक कुटिएका छन ।

फोटो: पिडित प्रअ उत्तरनारायण श्रेष्ठ ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका शिबकुमार श्रेष्ठले गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मा रहेको विन्द्रवती उच्च मावि मसेलका प्रअ उत्तरनारायण श्रेष्ठलाई कुटपिट गरेका हुन्। उनी नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता बर्तमान व्यवस्थापन समितिका सदस्य समेत छ्न।

पीडित प्रअ उत्तरनारायण श्रेष्ठले आफूलाई अफिस कोठामै आएर शिव कुमार श्रेष्ठले कुटपिट गरेको बताए । उनले भने बिहान म अफिस कोठामा थिएँ । सरसँग काम छ भन्दै शिव श्रेष्ठ पनि आए । उनले मलाई मेरो जग्गामा विद्यालय परेको छ भत्काउ भने, मैले विद्यालय भत्काउन सक्दिन तपाईंको जग्गा हो भने कानुन उपचार खोज्नुस भनेर सुझाव दिए,तर उनले मलाई सिकाउने भन्दै त्यही कुटीहाले ।

शिव श्रेष्ठले केही समयदेखि गाउमा राजनीतिक शक्तिको आडमा केहि उसृखल गतिविधि गर्दै आइरहेका छ्न।केही सयम अधि पन्द्रुङ माझाथोक खानेपानी योजना अन्तरगत खागिथोकमा रहेको स्टक ट्याकमा ताला लगाउदा विवादमा मुछिएका थिए। उनी सोही वडाका वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नेता वद्रीनारायण श्रेष्ठका जेठा छोरा हुन ।

शिवले केही समय अघि गोरखामा शिक्षक छनौट परीक्षाको उत्तरपुस्तिका नै लिएर भागेका थिए । प्रहरीले खोजी गरेपछि उनले उत्तरपुस्तिका फिर्ता गरेका थिए ।

उनका बुबा बद्रीनारायण श्रेष्ठले केहि बर्ष पहिले बिद्यालयलाई चन्दा स्वरुप जग्गा दिएका थिए।

२०७५ पुष ३०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको