विप्लव नेकपाका स्याङ्जा इन्चार्ज गोरखाबाट पक्राउ


मंसिर २७, गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ घर भएका ३२ वर्षीय जीवन क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

पक्राउ परेका पराजुली विप्लव नेकपाका स्याङ्जा जिल्ला इन्चार्ज भएको उनले बताए । पक्राउ परेका क्षेत्री भने विप्लव नेकपाका कार्यकर्ता मात्र भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध शुक्रबार सार्वजनिक अप’राधअन्तर्गत मु’द्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ शर्माले जानकारी दिए । रासस

२०७६ मंसिर २७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको