प्रकाश किरण बिसी ।
‘हरेक नेता राजनीतिज्ञ हुन सक्दैन तर हरेक राजनीतिज्ञ नेता हुन सक्छ’ कसैले पनि चाहे त्यो शब्दको होस या मान्छेको मजाक ऊडाऊनु निन्दनिय हुन्छ ।
‘दि लिडर’ र ‘दि पोलिटिसियन्स’ नितान्त फरक तर अन्तरसम्बन्धित शब्दावली हुन। कार्यक्रमको शब्दावली अनुसार “द लिडर ” को छनौट एकदम सकारात्मक र प्रसंसायोग्य छ तर बक्ताहरुको मानसिकतामा लिडर खोजिरहेको हो कि पोलिटिसियन खोजिरहेको हो, अत्तोपत्तो छैन ।
दिग्गजहरुका स्टाटस, प्रचारबाजि हेर्दा, यो शो’ले ‘दि पोलिटिसियन्स’ खोजिरहेको आसय देखाऊछ । यो बिबाद र अकर्मण्यता, यसका बिषेषतालाई अलिक गहिराइमा बुझौ ।
लिडर भनेको ‘The person who leads or commands a group organization or country’ (जस्तै chief/head/principal/boss/commander/captain आदि लिडरका ऊपमा हुन।)
पोलिटिसियन्स भनेको ‘A person who is professionally involved in politics, especially as a holder of an elected office’ (जस्तै legislators/member of parliament/representative आदि राजनितीज्ञका ऊपमाहरु हुन ।)
लिडर र पोलिटिसियन्सको विशेषता मिल्न सक्छ तर चरित्र नमिल्न पनि सक्छ । बिषेषता मिल्दैमा चरित्र मिल्छ भन्ने होईन, त्यसकारण दि लिडर भन्न बित्तिकै सबै नेतै ऊत्पादन गर्ने कारखाना बुझ्नु हुदैन । यद्यपि कार्यक्रम आयोजक र जजहरुले बुझाऊने शब्दावली झन गम्भीर लापरबाही थियो ।
यहा धेरैले इमरान खानको उदाहरण दिएर लेखेको हेरियो । इमरान खान हिजो लिडर थिय तर आज केवल लिडर मात्र होईनन, राजनितीज्ञ पनि छन । हिजो ऊनले पाकिस्तान को क्रिकेट लिड गरिरहेका थिए भने आज ऊनि देशलाइ लिड गरिरहेका छन । हिजो केबल लिडर थिए भने आज लिडर र पोलिटिसियन दुवै छन ।
लिडरस र पोलिटिसियन्समा केहि मसिना भिन्नताहरु
(कामको आधारमा फरक) The politicians works for the party तर The leader works for the followers.
(ऊदश्येको आधारमा फरक) Politicians aims to earn from other, तर Leader aims to burn for other.
(दृष्टिकोण को आधारमा फरक) A leader earn respect by virtue of character तर A politician demands respect by virtue of office.
त्यसकारण एऊटा टिभि रियालिटी शोले जे भन्यो त्यसैको पछि कुद्नु भन्दा पनि तपाइलाइ दिएको त्यो २५० ग्राम दिग्गज दिमागलाइ खेलाऊनु पर्छ । एक जमनामा डिकन्स्ट्रक्शन सिद्धान्तका लिडर डेरिडा थिए । ऊनि पोलिटिसियन्स थिएनन। त्यस्तै The big bang theory का लिडर स्टफिन हकिंस थिए तर ऊनि नेता थिएनन । तिनै लिडरका दृष्टिकोण र बिचारलाइ पछि गएर पोलिटिसियन्सहरुले स्वीकार गरे र दृष्टिकोण संगै राज्यको संरचना बदले ।
यो जमना भनेको ऊत्तर आधुनिकको जमना हो । यहाँ सत्य र सहि सापेंक्षित हुन्छ । तपाइको सोंच र मूल भारोसा नहुनपनि सक्छ, किनकि अन्तिम सत्य केहि छैन ।
हिजो पृथिवीको आकार ग्यालिलियो कारणले बदलिएको होईन । त्यो माइक्रोस्कोपको कारण बदलिएको हो । ग्यालिलियोले बनाएको माइक्रोस्कोप अरु कसैले बनाए पनि त्यो पृथिवी फरक देखिने थियो । कुनै रियालिटी शोले ऊत्पादन गर्ने प्रस्तुतकर्ता को कारण लिडर बदलिने होईन । यो पृथवी बदलिने पनि होईन, बरु त्यो लिडर वा नेत्रित्वको कारण समाज र दृष्टिकोण बदलिन सक्छ ।
हचुवाको भरमा शब्दावलीको अर्थ, बिषेषता र कार्यसम्पादनको ऊचित मुल्यांकन गर्नुको साटो हामीले हिजो जितेको नेता भन्दा ठुलो नेता भोलि नै किक आऊट भैहाल्छकि भनेर चार हात ऊफ्रिने र आजसम्म यो देशमा रियालिटि सो नभएर पो गतिला नेता नपाएका रहेछौ । अब त खतरानक वैचारिक युक्त नेता आएर देश चमकदार बनाऊने भयो भनेर गिजा सुन्निने गरि हास्नेहरुको आँखा आफ्नो अढाइ सय ग्राम गिद्दि तर्फ फर्कनु जरुरि छ ।
प्रतिक्रिया दिनुहोस