‘दि लिडर’ ईतिहासको भट्टिबाट खारिएर जन्मिन्छ डाक्टर साहेब !


 पृथीछक बुढा मगर । 

“दि लिडर शो”को सार्बजनिकिकरणमा निर्णायक टिम मध्येका डा. बाबुराम भट्टराई, रबिन्द्र मिश्र र शुशिला कार्कीले “द लिडर रियालिटी शो नेपाली समाज र पछिल्लो पुस्ताले खोजेको र रोजेको ‘लिडर’ बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने” अपेक्षा राखेका थिए ।

अपेक्षा त कसले पो राखेको थिएन र ? कुनै वेला नेपाली नागरिकले पनि बाबुराम भट्टराईबाट ठूलो अपेक्षा राखेका थिए । यहि अपेक्षाले उसलाई प्रधानमन्त्री समेत बनायो । अपेक्षा त प्रचण्डबाट पनि राखिएकै हो । अहिलेका प्रधानमन्त्री केपि शर्मा ओलीबाट पनि राखिएकै हो । कसैबाट जन अपेक्षा पूरा भएन ।

कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने आयाेजकले दाबी गरेकाे छ । यो बकबास कुरा हो । यो केवल राजनीतिबाट निरास भएका नागरिकहरुको मनोभावना बुझेर गरिएको ब्यापारिक प्रोपोगन्डा बाहेक केही होइन । त्यसमा पनि अहिले नागरिकले भाषण सुन्न छाडिसके । भाषणले नागरिकहरु वाक्क भइसके ।

सिदान्तका मसालेदार इमोसनल शो होइन, गाउका बाँझो जमिन जोत्न सक्ने ब्यबहारिक अभ्यास चाहिएको छ । परिश्रमले परिवर्तन दिन्छ, तर कुरोले कुरौटे बनाउछ ! कुरौटेले अरुको खोइरो मात्र खन्छ । शिक्षा पनि त्यस्तै दिन्छ ।

त्यसो त बिश्वकै ईतिहासमै ‘रियालिटी शो’बाट बिजेता भएकाहरु पनि शो बाहिर खासै सफल भएको देख्न पाइदैन । नेपालकै कुरा गर्दा पनि जति पनि ‘रियालिटी शो’मा बिजय भए ती सबै हराए ।

नेपाल आइडल, द भ्वाइस अफ नेपाल, लोक स्टार, नेपाली तारा, मेगा डान्स लगायतका बिजेताहरु अहिले कसैको नाम सुनिदैन । ‘द लिडर’ले उत्पादन गरेको लिडरको हालत पनि ती गुमनाम बिजेताहरु भन्दा फरक हुनेछैन भन्ने कुरामा म ठोकुवा गर्न सक्छु । देश चलाउने भन्ने कुरा मजाकको कुरा होइन ।

भाषण र भिजन दुवैका आधारमा विजेता छनाेट गरिने आयाेजकले जनाएकाे छ । भनेपछि यो कार्यक्रम ‘शो’ले पनि भाषणलाई नै प्राथमिकता दियो । भाषणले नागरिकलाई कस्तो शासन दियो भन्ने कुरा ईतिहासले बोलिसकेको छ । अहिले नेपाली नागरिकले बकबास भाषण सुन्न छाडिसके । भाषण भनेकै बक्तब्य बाजी हो । जसले बोल्न सक्यो उसको पिठो बिक्ने हो ।

भाषणले भिजन देखाउदैन । भाषण भनेको जसले प्रस्तुति राम्रो दिन सक्यो उसैको राम्रो हुने हो । भाषण राम्रो हुनलाई आवाजको पनि ठूलो भुमिका रहन्छ । राजनीति भनेको आवाज नहुनेहरुको लागि पनि हो ।

नेपाललाई सिंगापुर बनाउछु भनेर सबैभन्दा बढी भाषण दिनेहरुमा बाबुराम भट्टराईको नाम पनि अग्रपंक्तिमा आउँछ । भाषणले देश सिंगापुर नबन्दो रहेछ । उहि भाषण कर्ता नै अहिले भौतारिदै हिडेको अबस्था छ । उता रबिन्द्र मिश्रले पनि काम नपाएर कम्ति बिजोक भएको छैन ।

बिबिसी इन्डियाले नेपाललाई भारतमा गाभ्ने बिषयमा बहस चलाइरहेको वेला रबिन्द्र मिश्र मौन थिए । सायद जागिरको सवाल थियो । ब्यक्तिगत स्वार्थको लागि राष्ट्रिय स्वाभिमानको बिषयमा आवाज उठाउन नसक्ने लाछीहरुको निर्णयले जन्माएको लिडरको हालत कस्तो होला ? सहजै अनुमान लगाउन सक्छौं ।

रबिन्द्र मिश्र र बाबुराम भट्टराईहरुले जन्माउने लिडर भनेको कि रबिन्द्र जस्तै हुनेछ कि बाबुराम भट्टराई जस्तो हुनेछ । जति छन् काफी छन् । नेपाली जनतालाई दुई चार थप राबुराम र रबिन्द्रहरुको कुनै आबस्यकता छैन ।

‘रियालिटी सो’ले कलाकार छान्न सक्छ । नेता छान्ने त समाजले हो । उसको लगानी र लगनशीलताले हो । ‘रियालिटी सो’ले एकपटक छानेको लिडरको पदवी खोस्न सक्छ कि सक्दैन ? मलाई लाग्छ सक्दैन र त्यो आजिवन लिडरै रहिरहन्छ । नेपाली नागरिकले यो तानाशाह पनि झेलेकै हो । तर नागरिकले छानेको लिडर सधैं स्थायी हुँदैन । आबस्यकता प-यो भने गद्दिबाट पछार्न वेर लगाउदैन ।

त्याग, निष्ठा, बलिदान र संघर्षबाट नेताको जन्म हुन्छ । नेता हुन्छु भनेर जुरुक्क उठेर कस्तो परिणाम आउँदो रहेछ भन्ने कुरा त रबिन्द्र मिश्रले भन्दा अरु कसले पो बुझेको होला र ? आदर्शले देश चल्दैन । देश बनाउनलाई यहाँको माटो र हावापानीलाई चिने पुग्छ । यो भन्दा ठूलो भिजन दिनु भनेको गफ दिनु मात्रै हो ।

रियालिटी शोबाट केवल कलाकार जन्मिन्छ । कलाकारको काम कला देखाउने हो । देश बनाउने काम नेताको हो । त्यसकारण लिडरको कारखाना कुनै ‘रियालिटी शो’ हुनसक्दैन । लिडर त इतिहासको भट्टिमा खारिएर जन्मिने हो ।

२७ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको